गाजामा पूर्ण युद्ध विरामको आशंकाः विपिन खोज्दै नेपाल | Khabarhub Khabarhub

गाजामा पूर्ण युद्ध विरामको आशंकाः विपिन खोज्दै नेपाल


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

हमासले अप्रत्याशित रूपमा इजरायलमा आक्रमण गरेको लामो समय भइसकेको छ। ७ अक्टोबर २०२३ मा भएको आक्रमणसँगै २५१ जनालाई हमासले बन्दी बनाएको थियो। यसरी बन्दी बनाइएका मध्य इजरायली र विदेशी दुवै थिए। अहिले पनि ९४ जना बन्दी छन्। उनीहरूको रिहाइका लागि वार्ता चलिरहेको छ। कतारको राजधानी दोहामा अझै वार्ता जारी छ। यस भन्दा अघि नै सन् २०१४/१५ मा ४ जनालाई हमासले बनाएको बन्दी पनि रिहा भएको छैन। उनीहरू मारिएको आशङ्का गरिएको छ।

२० जनवरीका दिन जो बाइडेनले डोनाल्ड ट्रम्पका लागि ह्वाइट हाउस छाड्दै छन्। यसअघि नै बाइडेनले कतारको मध्यस्थतामा वार्ताको तयारी गरिराखेका छन्। सो वार्ताबाट युद्ध विराम र बन्दी रिहाइको काम अघि बढ्ने अनुमान गरिएको छ।

बिबिसीले यसरी बन्द बनाइएकामध्ये केहीको सूची सार्वजनिक गरेको छ। यो सूचीमा नेपालका विपिन जोशी पनि छन्। २३ वर्षीय कृषिका विद्यार्थी जोशीलाई किबुम अलुमिमबाट बन्दी बनाइएको अनुमान गरिएको छ। उनको परिवारकै अनुसार इजरायलले फोन ट्रायक गर्दा गाजामा रहेको पत्ता लागेको समाचार उल्लेख गरिएको छ।

त्यत्ति मात्र होइन सञ्चार क्षेत्रमा लामो समय बिताएका ८४ वर्षीय ओदेब लिसदिफ पनि बन्दी बनाइएका छन्। श्रीमतीसहित बन्दी बनाइए पनि उनकी श्रीमती अक्टोबरमा नै रिहा भइसकेकी छिन्।

२८ वर्षीय बेलायतकी डमारी एमेली पनि बन्दी बनाइएकी छिन्। उनी किबुजबाट बन्दी बनाइएकी हुन्। ६ अक्टोबर २०२४ मा बन्दी बनाइएकाको सम्झनामा लन्डनमा आयोजित कार्यक्रममा बोल्दै उनकी आमाले गराएको जानकारी अनुसार गत नोभेम्बरमा रिहा भएकाको एमेलीसँग सम्पर्क भएको थियो।

२८ वर्षीय अलेक्जेन्डर ट्राउफनोभ पनि बन्दी छन्। उनका दुई आफन्त पनि किबुजबाट बन्दी बनाइए पनि उनीहरू नोभेम्बरमा रिहा भइसकेका छन्।

यी केही उदाहरण हुन्। यस्ता अन्य बन्दीका बारे पनि अहिले धेरै कुरा सार्वजनिक भइसकेको छ। यो घटना धेरैका लागि यस कारण पनि चासोको विषय हो कि संसारका अन्य देशका नागरिक पनि बन्दी छन्। थाइल्यान्डले आफ्ना ६ नागरिक अझै बन्दी भएको जनाएको छ। एउटै परिवारका धेरै जना बन्दी बनाइएका मध्य केहीलाई २०२३ नोभेम्बरमा छाडिएर केहीलाई अझै बन्दी बनाइएको छ। केही बन्दी सन् २०२३ को नोभेम्बरमा नै रिहा भइसकेका छन्। उनीहरूका पारिवारिक सदस्य मध्य अझै बन्दी नै छन्। इजरायल डिफेन्स फोर्स (आइडिएफ)ले मारिएकाको बारे पनि जानकारी दिन थालेको छ। १ सेप्टेम्बरका दिन आइडिएफले ६ मृतकको प्रमाण आफूहरूले फेला परेको जनाएको थियो। हमासले बन्दी बनाएको केही समयपछि नै उनीहरू मारिएका थिए।

८ अगस्टका दिन मारिएका ५ जनाको शव गाजाबाट आइडिएफले इजरायलमा ल्याएको थियो। यत्ति मात्र होइन, २०२३ कै नोभेम्बरमा गाजामा रहेको अल सिफा अस्पतालबाट आइडिएफले १९ वर्षीय सेना नाओ मार्सियानो तथा ६५ वर्षीय यहुदी वेसिसको शव फेला पारेर इजरायलमा ल्याएको थियो।

२०२३ मा आइडिएफले भुलवश उत्तरी गाजमा ३ बन्दी मारिएको भन्दै क्षमा याचना गरेको थियो। उनीहरूको बन्दी बनाइए पनि भाग्न सफल भएका थिए। उनीहरूको शव पनि आइडिएफले इजरायलमा ल्याएको थियो।

२०२५ को जनवरीमा ५३ वर्षीय दुग्ध किसान युसुफ जाउयदेनाको शव दक्षिणी रफाहको एक सुरुङबाट निकालेको थियो। युसुफका छोरा २२ वर्षीय हाम्जा पनि मारिएको आइडिएफले जनाएको छ। युसुफका अन्य तीन सन्तान भने २०२३ मा नै रिहा भएका थिए।

लामो समयको अन्तरालपछि फेरि युद्ध विराम र बन्दी रिहाइको प्रक्रिया सुरु भएका छन्। वार्ता र युद्ध विरामको आशा धेरैमा जाग्न थालेको छ। वार्ताको मध्यस्थ अमेरिका, इजिप्ट र कतारले गरिरहेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले केही दिनमा नै सत्ता त्याग्ने छन्। उनलाई २० जनवरीका दिन डोनाल्ड ट्रम्पले प्रतिस्थापन गर्नेछन्। पद छाड्ने अन्तिम समयमा बाइडेन युद्ध विरामका लागि जोडका साथ सक्रिय छन्। अहिले दोहामा बाइडेनका दूत र ट्रम्पका दूत दुवै छन्।

बाइडेन र इजिप्टका राष्ट्रपति अब्देल फताहा अल सिसीले यस वार्ताको तयारीका लागि आवश्यक सम्पूर्ण गृहकार्य पुरा भई नै सकेको जनाएका छन्।

समस्या इजरायलमा
युद्ध विरामका लागि वार्ता चली रहेको समयमा धेरैले इजरायली नियतमा नै आशंका व्यक्त गर्न थालेका छन्। हमासले युद्ध विरामका लागि आफूहरू सकारात्मक रहेको जनाइसकेको छ। युद्ध विरामको प्रयास भइरहेको समयमा नै इजरायलले मंगलबार गरेको आक्रमणमा ५४ जनाको ज्यान गएको छ। प्रधानमन्त्री बेन्जामिनले अमेरिकामा ट्रम्पले सत्ता सम्हाले पछि मात्र हस्ताक्षर गर्ने बताएका छन्।

त्यसो त इजरायलको आन्तरिक राजनीति नै समस्यामा छ। एकले अर्को लाई आरोप लगाइ रहेका छन्। इजरायलका पूर्वरक्षा मन्त्री बेनी गान्टजले त अझै पूर्ण वार्ता र पूर्ण युद्ध विरामको सम्भावना कम रहेको बताएका छन्।

नेतान्याहुका आलोचक रहेका उनले जुन महिनामा रक्षा मन्त्रीको पदबाट राजीनामा दिएका थिए। अहिले वार्ताको सुरुवात हुन लागेको समयमा एक समूहले भने जेरुसेलममा उपस्थित भएर हमासका सामु आत्मसमर्पण गर्न नहुने भन्दै प्रदर्शन गरीरहेको छ। यसरी प्रदर्शन गर्ने दक्षिण पन्थी समूहमा टिक्भा फोरम पनि छ। अहिले पनि गाजामा बन्दी बनाइएका केही व्यक्तिका आफन्त नै यस फोरममा छन्। गाजामा मारिनेका आफन्तको संस्था हिरिइजम फोरम त वार्ताको विपक्षमा छ।

गाजमा मारिने सैनिकका अभिभावक पनि नेतान्याहुसँग भेट गर्दै युद्ध नरोक्न तथा गाजामा अझ बढी आक्रमण गर्न भनिरहेका छन्। धेरैले इजरायलको पक्षमा नहुने गरी डिल गरेको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचना गरेका छन्।

यसमा भेट्रान इजरायली बन्दी मध्यस्थकर्ता गेसार्न बास्किन पनि छन्। बास्किनको मध्यस्थतामा गिलातसाहित ६ वर्ष बन्दी भए पछि सन् २०११ मा रिहा भएका थिए। यसको बदलामा इजरायलले एक हजार बन्दी छाडेको थियो।

अहिले गाजामा युद्ध विरामको सम्भावना त देखिएको छ। तर केही आशङ्का अझै बाँकी छन्। स्रोतः बिबिसी/सिएनएन

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ७ : ५६ बजे

यु-१९ महिला विश्वकप : आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – आईसीसी यु-१९ महिला टी-२० विश्वकपमा बुधबार नेपालले तेस्रो

कांग्रेसको अर्थ राजनीति संवाद गोष्ठी आज

काठमाडौं– नेपाली कांग्रेसले नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयमा आज

तराईका धेरै भूभागमा हुस्सु र कुहिरो, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एटलान्टा र मोनाकोको सफलतापछि रोचक बन्दै च्याम्पियन्स लिगको समीकरण

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा इटालियन

१० खेलाडीमा सीमित एट्लेटिकोको महत्त्वपूर्ण जित : अल्भारेजले गरे दुई गोल

काठमाडौं – खेलको ६५ मिनेटमा १० खेलाडीमा सीमित एट्लेटिको म्याड्रिडले