सर्वोच्चको आदेशपछि आईओएमको प्रवेश परीक्षा स्थगित (विज्ञप्तिसहित) « Khabarhub

सर्वोच्चको आदेशपछि आईओएमको प्रवेश परीक्षा स्थगित (विज्ञप्तिसहित)


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबीबीएस प्रवेश परीक्षा तत्काल नगर्न आदेश दिएसँगै  प्रवेश परीक्षा स्थगित गरिएको छ ।

चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालयले एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि पूर्व निर्धारित सम्पूर्ण विषयका प्रवेश परीक्षाहरु स्थगित भएको जानकारी दिएको छ ।

सूचनामा भनिएको छ–‘ चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा नयाँ विद्यार्थी भर्नाका लागि भोलिदेखि चार दिन प्रवेश परीक्षा गर्ने भनिएकोमा सर्वोच्च अदालतको आदेश बमोजिम एमबीबीएस तहको परीक्षा स्थगन गर्ने आदेश भइ आएकाले यस अध्यन संस्थानबाट अर्को सूचना प्रकाशित नभएसम्मका लागि पूर्व निर्धारित सम्पूर्ण विषयका प्रवेश परीक्षाहरु स्थगित भएको व्यहोरा अवगत गराइन्छ ।’

चिकित्सा शिक्षा ऐनविपरीत प्रवेश परीक्षा लिन लागेको भन्दै आयुश रिजालले हालेको रिटको शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चले परीक्षा रोक्न अन्तरिम आदेश दिएको हो । सर्वोच्चले थप छलफलका लागि २५ गते अदालतमा उपस्थित हुन भनेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ८ : ५९ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको