‘फेरि रेशम फिलिली’को गीत ‘ग्रीन कार्ड’ : अमेरिकाको भिसा लागेपछिको उत्सव « Khabarhub

‘फेरि रेशम फिलिली’को गीत ‘ग्रीन कार्ड’ : अमेरिकाको भिसा लागेपछिको उत्सव


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गरी फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फेरि रेशम फिलिली’को पहिलो गीत सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलरबार गीत ‘ग्रीन कार्ड’ सार्वजनिक गरेको हो ।

दीपक शर्माको शब्द, संगीत र डेबिट शंकरको स्वरको उक्त गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्ट फिचर्ड छन् ।

गीतमा फिल्मका मुख्य कलाकार विनयलाई अमेरिकाको भिसा लागेपछि गाउँलेले खुसी मनाएको दृश्य देख्न सकिन्छ । यो भिडियो गाउँलेले विनयलाई अमेरिका बिदाइ गर्दाको घटनामा केन्द्रित छ ।

यस भिडियोबाट विनयले फिल्ममा सोझो र मसिनो स्वर भएको ग्रामिण युवकको भूमिका निर्वाह गरेको थाहा पाउन सकिन्छ ।

यो फिल्म ‘रेशम फिलिली’को दोस्रो सिक्वेल । २०७२ वैशाख ११ गते यस पहिलो श्रृङ्खला प्रदर्शनमा आएको थियो । प्रदर्शनको भोलिपल्ट भूकम्प गएकाले व्यापार प्रभावित बनेको थियो ।

एक दशकपछि यो फिल्मको दोस्रो सिक्वेल निर्माण गरिएको हो । दोस्रो श्रृङ्खलामा निर्देशक प्रनव जोशी र नायिका मेनुका प्रधानको दोहोरिएका छन् ।

निर्देशकमा निरोज महर्जन र नायिकामा सुपुष्पा भट्टको प्रवेश भएको हो । अन्य मुख्य कलाकार दोहोरिएका छन् ।

फिल्ममा विनय, सुपुष्पासहित, नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, मेक्सम गौडेल र प्रकाश घिमिरेलगायतको अभिनय रहने बताइएको छ ।

सिनेमा आर्ट र वी मोसन पिक्चर्सको सहकार्यमा निर्माण सिनेमाका लेखक र निर्देशक निरोज नै हुन् । फिल्मका निर्माता रौनक विक्रम कँडेल छन् ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ३ : २६ बजे

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण