आन्दोलनको तयारीमा निर्माण व्यवसायी महासंघ « Khabarhub

आन्दोलनको तयारीमा निर्माण व्यवसायी महासंघ


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागप्रति सरकारले कुनै सुनुवाइ नगरेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । 

आफ्ना मागका बारेमा माघ १५ गतेसम्मको अल्टिमेटमका साथ प्रधानमन्त्री, सम्बन्धित मन्त्री, प्रदेश मुख्यमन्त्रीलगाएतलाई ज्ञापन पत्र बुझाइने महासंघले जनाएको छ । 

माघ १५ गतेसम्म आफ्ना माग सम्बोधन नभए माघ १८ गते माइतीघरमा धर्ना दिने, २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गर्ने पूर्व र पश्चिम नाकाहरू ठप्प पार्ने महासंघले जनाएको छ । 

त्यसपछि पनि आफ्ना माग पुरा नभए राष्ट्रिय गौरवका आयोजनासहित सबै खालका निर्माण कार्य ठप्प पारि आन्दोलनलाई शसक्त पार्ने महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए । 

उनले सरकारले नै पर्याप्त बजेट विनियोजन नगरेका कारण आयोजनाहरूको म्याद थप गर्नुपर्ने अवस्था आए पनि त्यसको दोष निर्माण व्यवसायीलाई लगाउने गरेको धारणा राखे  । 

त्यस्तै भुक्तानीका विषयमा रहेका समस्याका बारेमा पनि पटक पटक आश्वासन आए पनि समाधान हुन नसकेको उनले बताए ।

गत पुस २७ गते राजधानीमा निर्माण उद्योगका विद्यमान समस्याहरूका बारेमा देशभरका निर्माण व्यवसायीहरूको उपस्थितिमा सम्पन्न महासंघको राष्ट्रिय भेलाले आन्दोलनका चरणबद्ध कार्यक्रमहरू गर्ने निर्णय गरेको थियो । 

बिना कारण सिमेन्ट साथै डण्डी लगायतका निर्माण सामग्रीमा भइरहेको चर्को मूल्यवृद्धि, भुक्तानीको समस्या, सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानुनी जटिलता, निर्माण व्यवसायीहरूलाई ऋणमा दिइएको सुविधा कटौती, विगतका सहमति कार्यान्वयन लगायतका विषयमा महासंघले सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ४ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै