पोखरामा जस्तै धरौटीको बैंक ग्यारेन्टी मिलेपछि रिहा भए रवि « Khabarhub

पोखरामा जस्तै धरौटीको बैंक ग्यारेन्टी मिलेपछि रिहा भए रवि


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

रविसँग जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले मागेको ६० लाख रुपैयाँ धरौटीका लागि प्रभु बैंक ग्यारेन्टी बसेपछि लामिछाने बुधबार नै साँझ रिहा भएका हुन् । यदि धरौटी बुझाउन नसकेको या बैंक ग्यारेन्टी नभएको भए कम्तीमा एक दिनका लागि रवि जेल जानुपर्ने अवस्था हुन्थ्यो ।

रविले ६० लाख रुपैयाँ तिर्न नसकेको अवस्थामा आफूले तिरिदिने भन्दै प्रभु बैंक ग्यारेन्टी बसिदिएपछि रवि अदालत परिसरबाट खुसी हुँदै बाहिरिएका छन्।

काठमाडौं जिल्ला अदालत, रवि र प्रभु बैंकबीचको छलफलपछि यस्तो निर्णय भएको हो । अब बैंकले ग्यारेन्टीको रकम रविबाट लिनेछ ।

यसअघि जिल्ला अदालत कास्कीमा पनि उनले ६५ लाख धरौटी तिरेर गत बिहीबार रिहा भएका थिए । त्यसपछि उनी काठमाडौं जिल्ला अदालतमा चलेको मुद्दाका लागि आइतबार उपस्थित भएका थिए ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीले धरौटीमा छोड्न आदेश गरेको केही घण्टामै रविले ६५ लाख बैंक ग्यारेण्टी देखाएका थिए । लामिछानेका तर्फबाट रमानन्द घिमिरेले जमानत दिएको प्रभु बैंकको पत्रमा पेश गरिएको थियो ।

चन्द्रकान्त लामिछानेको नाति लालचन्द्र लामिछानेको छोरा काठमाडौँ जिल्ला वडा नम्बर ०६ बस्ने वर्ष ४९ को रविविरुद्ध कास्की अदालतमा सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलेको थियो । पुस २४ गतेको मितिमा २५ गते बेलुका आदेश आएलगत्तै प्रभु बैंक ग्यारेण्टी बसेपछि उनी रिहा भएका थिए ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ७ : २९ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ