पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनः निर्माण हुन बाँकी « Khabarhub

पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनः निर्माण हुन बाँकी


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएको विश्व सम्पदा सूचीमा रहेको यहाँको पाटन दरबार क्षेत्रका २४ ऐतिहासिक सम्पदा मध्ये २२ सम्पदाको पुनः निर्माण भइसकेको छ भने दुई संरचना पुनः निर्माण हुन बाँकी छ । 

उक्त सम्पदा पुनः निर्माण प्रक्रिया अघि बढेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । 

राणाकालीन अदालत भवन र ऐतिहासिक नरसिंह मन्दिर पुनः निर्माण भइरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख मन्जु थापाले जानकारी दिइन् । 

उनले भनिन्, ‘भारत सरकारको सहयोगमा पुनः निर्माण हुन लागेको अदालत भवनको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । ऐतिहासिक नरसिंह मन्दिरको पनि ललितपुर महानगरपालिकाको सहयोगमा पुनः निर्माण अघि बढेको छ ।’

करिब चार सय वर्ष पुरानो नरसिंह मन्दिरमा एक सय ५३ थरिका इँटा प्रयोग गरिएकाले हाल इँटा तयारी भएको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए। उनका अनुसार उक्त मन्दिरको पुनः निर्माण आगामी आठ महिनाभित्र सम्पन्न हुनेछ । 

भूकम्पले क्षति पुर्‍याएका केही संरचना पुनः निर्माण भई उद्घाटन भइसकेका छन् । कम क्षति पुगेका सम्पदाहरूको सामान्य मर्मत गरिएको पाटन दरबार सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले बताए। उनका अनुसार पाटन दरबारको सबैभन्दा ठूलो मन्दिरको रूपमा चिनिने देगुतलेजु मन्दिर पुनः निर्माण सम्पन्न भएको छ । 

विसं १९९० को भूकम्पले भत्काएको भाइदेव मन्दिर संरक्षणको काम अघि बढेको भए पनि आर्थिक अभावका कारण पुनः निर्माण सम्पन्न हुन सकेको छैन । विभिन्न दाताहरूको सहयोगबाट पुनः निर्माण  सुरु भएको उक्त मन्दिरको काम हाल स्थगित छ । 

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ७ : ३५ बजे

भिजिट भिसा प्रकरण : तीर्थराजलाई घुस दिएर अदालतमा बयान फेरेका थापाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालामा

विज्ञापन नै गर्न नपाइने मदिरा र चुरोटको विज्ञानपनमा कम्पनीले गरे ४७ करोड बढी खर्च

काठमाडौं– सरकारले विज्ञापनमा रोक लगाएको मदिरा र सुर्तीजन्य वस्तुको विज्ञापनमा

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रूख कटान आदेश

म्याग्दी– म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका

वीरगञ्जबाट समातिएका प्रसाईंविरुद्ध तीन दिन म्याद थप

काठमाडौं- पर्साको वीरगञ्जबाट सोमबार राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध

राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा

तुलसीपुर– राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा परेको पाइएको