१० महिनाअघि बेपत्ता ताइवानी नागरिक चिनियाँ हिरासतमा रहेको खुलासा « Khabarhub

१० महिनाअघि बेपत्ता ताइवानी नागरिक चिनियाँ हिरासतमा रहेको खुलासा


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १० महिनाअघि बेपत्ता भएका एक जना ताइवानी नागरिक चिनियाँ हिरासतमा रहेको खुलासा भएको छ । ताइवानको चाङहुवा काउन्टीका १९ वर्षीय बासिन्दा हुआङ गत वर्षको मार्च महिनादेखि बेपत्ता थिए ।

ताइपेइ टाइम्सका अनुसार उनलाई कुन अभियोगमा हिरासतमा राखिएको भन्ने स्पष्ट भएको छैन । यद्यपि चीनको शाङ्सी प्रान्तस्थित डाटोङ क्षेत्रमा उनीविरुद्ध ठगीको उजुरी दर्ता गरिएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार चीनमा ताइवानी नागरिक पक्राउ परे यसबारे ताइवानको राष्ट्रिय प्रहरी एजेन्सीलाई औपचारिक जानकारी दिनुपर्ने प्रावधान रहेको छ । तर, हुआङलाई पक्राउ गरेकोबारे चिनियाँ पक्षले ताइवानलाई कुनै जानकारी नदिएको ताइपेई टाइम्सले उल्लेख गरेको छ । चीनमा कानुनी झमेलामा परेका आफ्ना नागरिकको अवस्थाबारे ताइवान सरकारले थप जानकारी प्राप्त गर्ने प्रयास गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  १० : ३९ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण