जय ट्रफी फाइनल : आर्मीविरुद्ध पुलिस ९५ रनले अगाडि « Khabarhub

जय ट्रफी फाइनल : आर्मीविरुद्ध पुलिस ९५ रनले अगाडि


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मधेश प्रदेशको वीरगन्जमा जारी‘जय ट्रफी मेन्स एलाइट कप’ को फाइनल खेलको दोस्रो दिनको खेल सकिँदा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ९५ रनको अग्रता लिएको छ।

हिजो दोस्रो इनिङ्स खेलेको पुलिसले ९ विकेटको क्षतिमा १३२ रन बनाएको अवस्था छ। पुलिसका सागर ढकाल र ललित राजवंशी अविजित छन्। आज अन्तिम दिनको खेल बिहान ९:३० बजे वीरगन्जस्थित नारायाण क्रिकेट मैदानमा हुनेछ।

हिजोको खेलमा पुलिसका लागि कुशल भुर्लेलले सर्वाधिक ४५ रन बनाउँदा दिलिप नाथ ३४, राशिद खान १८ र अमीत श्रेष्ठले १३ रन जोडे। बलिङमा आर्मीका शाहब आलामले पाँच विकेट लिए। बसिर अहमदले चार विकेट हात पारे।

यसअघि पहिलो दिनको खेलमा टस हारेर ब्याटिङ गरेको पुलिसले ९ विकेटको क्षतिमा १३३ रन बनाउँदै पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको थियो। आर्मी दोस्रो दिन एक सय ७० रनमा अलआउट भएको थियो।

चार टिम सहभागी प्रतियोगितामा मधेश र बागमती प्रदेश टिमलाई पछाडि पार्दै आर्मी र पुलिस फाइनल पुगेका हुन्। सुरुवाती खेल क्यानले दुई दिवसीय खेलाए पनि फाइनल तीन दिनको हो।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ६ : २१ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार