बेटिसविरुद्ध ५ गोल गर्दै बार्सिलोना क्वार्टरफाइनलमा « Khabarhub

बेटिसविरुद्ध ५ गोल गर्दै बार्सिलोना क्वार्टरफाइनलमा


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्सिलोना स्पेनिस कोपा डेला रे कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

बार्सिलोनाले बुधबार राति भएको खेलमा रियल बेटिसलाई ५-१ ले हराउँदै क्वार्टरफाइनल यात्रा पक्का गरेको हो। गएराति भएको बेटिससँगको खेलको तेस्रो मिनेटमा जाभीको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो। १७ वर्षीय लामिन यामलको सहयोगमा २८ औँ मिनेटमा जुलेस कोन्डेले दोस्रो गोल गरे। मध्यान्तरपछि राफिन्हा, फेरान टोरेस र यामलले बार्सिलोनाका लागि गोल गरे। बेटिसका लागि ८५ औं मिनेटमा भिक्टर रोक्युले पेनाल्टीमार्फत गोल गरे।

बार्सिलोनाले लगातार दोस्रो खेलमा ५ गोल गरेको हो। यसअघि स्पेनिस सुपर कपको उपाधि जित्ने क्रममा बार्सिलोनाले रियल म्याड्रिडलाई ५-२ ले हराएको थियो।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ७ : ०० बजे

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट