कांग्रेसले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गर्दै   « Khabarhub

कांग्रेसले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गर्दै  


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको संयुक्त बैठक आज बस्दैछ ।

पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा संसदीय दलको कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्न लागेको हो ।

संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक बिहान ८ बजे बस्नेछ । बैठकमा पार्टीका तर्फबाट मन्त्री रहेकाहरूले अहिलेसम्म भएका कार्यप्रगतिबारे ब्रिफिङ गर्ने छन् ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसबाट सहभागी १० मन्त्री र दुई राज्यमन्त्री उपस्थित हुनेछन् भने सो दलको कार्यसमितिमा रहेका सभापति देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशिला थिङ सहभागी हुने जनाइएको छ ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ७ : ३२ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार