जिल्ला प्रशासन म्याग्दीको आवासगृहमा आगलागी, एक जना घाइते | Khabarhub Khabarhub

जिल्ला प्रशासन म्याग्दीको आवासगृहमा आगलागी, एक जना घाइते


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी हुँदा एक जना घाइते भएका छन् । जोमसोमस्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएका हुन् ।

हात र औलामा आगोले पोलेर घाइते भएका तिवारीलाई उपचारका लागि पोखरा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार तिवारीको अवस्था खतरामुक्त छ । हवल्दार तिवारी सुत्ने कोठा र त्यहाँ रहेका सामग्री जलेर नष्ट भएका छन् ।

तिवारी आगलागी भएपछि झ्यालबाट हाम फालेर बाहिर निस्किएका थिए। प्रहरी, कर्मचारी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।

विद्युत् सर्ट भएका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको सहायक प्रजिअ सुवेदीले बताए ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  १० : ०८ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको