पाँचखालमा मोतियाविन्दु पहिचान शिविर « Khabarhub

पाँचखालमा मोतियाविन्दु पहिचान शिविर


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविर सुरु गरिएको छ । नगरले आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा संयुक्तरुपमा नगरको ११ वटा वडामा मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविर सुरु गरेको हो ।

चार दिनसम्म सञ्चालन हुने शिविरका लागि माट्रिका आइ सेन्टरले प्राविधिक सहयोग गरेको जनाइएको छ । बुधबारदेखि सुरु भएको शिविर पाँचखाल नगरका विभिन्न ११ स्थानमा यही माघ ५ गतेसम्म सञ्चालन हुने निःशुल्क शिविरमा आँखासम्बन्धी समस्या पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ । शिविरअन्तर्गत पाँचखाल–१ को कोट्याङ सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर ५ स्थित केराघारी सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर १० को सहरी स्वास्थ्य केन्द्रमा मोतिविन्दुको स्क्रनिङ शिविर गरिएको छ ।

संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीका अनुसार शिविरअन्तर्गत पाँचखाल–८ स्थित होक्से स्वास्थ्यचौकी, वडा नम्बर ९ को साठ्ठीघर स्वास्थ्यचौकी, वडा नम्बर ११ स्थित खरेलथोक स्वास्थ्यचौकी र वडा नम्बर १३ मा कोशीदेखा स्वास्थ्यचौकीमा शिविर हुँदै सञ्चालन गरिने छ । यस्तै शुक्रबार पाँचखाल–३ समाजकल्याण सहरी स्वास्थ्य केन्द्र, पाँचखाल–६ मा प्राथमिक स्वास्थ्य केन्द्र दुलालथोक, पाँचखाल–७ मा श्रीरामपाटी सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर १२ मा देवभूमि बालुवा स्वास्थ्यचौकीमा मोतिविन्दुको निःशुल्क स्क्रिनिङ हुने जनाइएको छ ।

संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत नगरसँगको सहकार्यमा शिविर आयोजना गरिएको पराजुलीले बताए । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम रहेको भन्दै शिविर सञ्चालन गरिएको जनाइएको छ ।

शिविरबाट शल्यक्रिया गर्नुपर्ने बिरामी पायक पर्ने अस्पताल वा सेन्टरले नै व्यवस्थापन गर्ने गरी नगरसँग सम्झौता गरिएको छ ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  १० : ५१ बजे

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ

व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै

काठमाडौं- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आज रातिदेखि सुरु

आजका समाचार : सरकारका सयदिने उपलब्धिबारे संदनलाई जानकारी, संविधान संशोधनले द्वन्द्व निम्तिने गगनको चेतावनी, ओलीलाई नेतृत्व छाड्न दबाब र हर्मुजमा फेरि तनाव

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धताप्रधानमन्त्री वालेन्द्र