काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले दशक लामो राजनीतिक जीवनको अन्त्य गर्दै राष्ट्रपति पद त्याग गर्ने क्रममा सम्बोधन गरेका छन् । बुधबार बिदाइ सम्बोधन गर्दै डरलाग्दो रूपले कुलिन वर्ग हाबी भएको चेतावनी दिएका छन् ।
‘अहिले अमेरिकामा कुलिन वर्गको पैसा शक्ति र प्रभावमा पकड बढ्दे गएको छ । यसले हाम्रो प्रजातान्त्रिक प्रक्रियामा नै अवरुद्ध हुँदै गएको छ,’ बाइडेनले भने ।
ह्वाइट हाउसबाट अन्तिम सम्बोधन गर्ने क्रममा उनले जलवायु परिवर्तन र प्रविधिको प्रयोग मार्फत हुने गलत अफवाह नयाँ चुनौती भएको बताए ।
आफ्नो परिवारका सदस्य समेत उपस्थित भएको कार्यक्रममा उनले आफ्नो कार्यकालको बारे बोल्दै उनले रोजगारीको सृजना, भौतिक पूर्वाधारमा गरिएको लगानी, स्वास्थ्य तथा महामारीबाट बाहिर ल्याइएको अमेरिकाका बारे बोलेका थिए ।
उनले आफूले गरेको धेरै काम बिउ रापेको जस्तो भएको बताउँदै यसको फल पाउन धेरै लामो समय कुनु पर्ने समेत बताएका छन् । उनले ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना दिँदै आउँदो चुनौतीहरूको सफलता पूर्वक सामना गर्ने अपेक्षा गरे ।
जलवायु परिवर्तनका सवालमा ठुला शक्तिहरू नै आफूले जिम्मेवारी लिन भन्दा पनि नाफामा चासो दिएका कारण समस्या थपिएको बाइडेनको गुनासो थियो । उनले गलत सूचनाको असर अमेरिकामा पनि पर्न थालेको बताएका छन् ।
उनले प्रविधिका बादशाह तथा सिलिकन भ्यालीका प्रभावशाली व्यक्ति डोनाल्ड ट्रम्पसँग सुमधुर सम्बन्ध बनाएर त्यसो लाभ लिन लागी परेको आरोप लगाएका छन् । उनको आरोप बिलिनियर एलन मस्क प्रति लक्षित थियो । उनले डिजिटल दुनियाँका अन्य बोस पनि ट्रम्पसँग नजिक हुन लागी परेको गुनासो गरेका थिए ।
हमास र इजरायल बिचमा युद्ध विराम भएको दिन नै उनको बिदाइ सन्देश आएको हो । उनले सो युद्ध विराम आफ्नो कार्यकालको सबैभन्दा कठिन काम भएको समेत बताए ।
प्रतिक्रिया