देउवाले कांग्रेसका मन्त्रीहरूबाट लिए कार्यसम्पादनबारे ब्रिफिङ « Khabarhub

देउवाले कांग्रेसका मन्त्रीहरूबाट लिए कार्यसम्पादनबारे ब्रिफिङ


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग कार्यप्रगतिबारे जानकारी लिएका छन् ।

संसदीय दल कार्यसमितिको बैठकमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बोलाएर उनले मन्त्रालयहरूको कार्यसम्पादनबारे जानकारी लिएका हुन् ।

देउवाको निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा सहभागी भएर बाहिरिने क्रममा खेलकुदमन्त्री तेजुलाल चौधरीले कार्यसम्पादनबारे ‘ब्रिफिङ’ गरेको जानकारी दिए ।

‘सभापतिज्यूले कांग्रेसले सम्हालेका मन्त्रालयबारे विस्तृत जानकारी लिनुभएको छ । मन्त्रीहरूले के–के काम गरे भनेर सभापतिलाई जानकारी दिनुभएको छ,’ उनले भने, ‘के–के काम गर्ने, कसरी प्रभावकारी काम गर्ने, कसरी अगाडि बढ्ने विषयमा छलफल भएको छ । मन्त्रीहरुले कामको ब्रिफिङ गर्नुभएको छ ।’

मन्त्री चौधरीले बैठकमा सरकारले ल्याएका अध्यादेशबारे समान्य छलफल भएको पनि बताएका छन् ।

‘अध्यादेशबारे महामन्त्रीले बैठकमा जानकारी गराउनुभयो,’ उनले भने, ‘यस विषयमा पहिले पनि छलफल भएको हो । त्यसबारेमा त्यति चर्चा र परिचर्चा गर्ने कुरा भएन ।’

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  १२ : ०५ बजे

अष्ट्रेलियामा पाँच हजार लिटिल पेन्गुइनलाई बर्ड फ्लुविरुद्ध खोप लगाइँदै

मेलबर्न- अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एच–५ एन–१ बर्ड फ्लुको जोखिमबाट लिटिल पेन्गुइनलाई

२६ सय तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो दिनको सेयर कारोबारसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सरकारलाई मनिष झाले भने : गरिबको मात्रै घरटहरा नभत्काइयोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा

ऐन महरले भने- ठक्कर दिई ब्याक गरी किचेर मार्नेलाई कडा कारबाही गरियोस् 

काठमाडौं– नेकपा (एमाले) का सांसद ऐन बहादुर महरले कैलालीको अत्तरियामा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

महेन्द्रनगर– मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।