पुस महिनामा बढ्यो घरजग्गा कारोबार, मोरङमा सबैभन्दा धेरै « Khabarhub

पुस महिनामा बढ्यो घरजग्गा कारोबार, मोरङमा सबैभन्दा धेरै


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव) को पुस महिनामा मंसिर महिनाको तुलनामा घरजग्गा कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार चालु आवको मंसिर महिनाको तुलनामा देशैभरि घरजग्गाको लिखत पारित सङ्ख्यामा ४ हजार ७७७ ले वृद्धि भएको हो ।

विभागका अनुसार पुस महिनामा देशैभर ४८ हजार १५६ वटा घरजग्गाको लिखत पारित भएको छ । जसबाट सरकारले १ अर्ब ६० करोड ८३ लाख २८ हजार पुँजीगत लाभकर र ४ अर्ब २५ करोड २२ लाख रूपैयाँ राजस्व आम्दानी गरेको छ । 

मंसिर महिनामा भएको घरजग्गाको लिखत पारितबाट सरकारले १ अर्ब ३१ करोड ६३ लाख पुँजीगत लाभकर आम्दानी गरेको थियो भने  ३ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ राजस्व आम्दानी गरेको थियो ।

पुस महिनामा सबैभन्दा धेरै घरजग्गाको कारोबार मोरङ जिल्लामा भएको तथ्यांकले देखाएको छ । सो जिल्लाका तीन वटा मालपोत कार्यालयबाट सो महिनामा २९०४ वटा घरजग्गाको लिखत पारित भएको छ । पुस महिनामा सबैभन्दा कम मनाङ जिल्लामा जम्मा ३ वटा घरजग्गाको कारोबार भएको छ ।

सरकारले घरजग्गा कारोबारबाट चालु आवको साउन महिनामा १ अर्ब ३४ करोड ६९ लाख, भदौ महिनामा १ अर्ब १३ करोड १५ लाख, असोज महिनामा १ अर्ब ११ करोड ६२ लाख, कात्तिक महिनामा ९३ करोड ७७ लाख रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको थियो ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  १ : १४ बजे

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : गगन थापा

मलङ्गवा– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन

प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देनलाई 

काठमाडौं– नेपाल स्केटिङ तथा स्केटबोर्डिंङ संघ र द स्केटल्याण्ड स्केटपार्क

पोखराका रोसिङ्टनको अर्धशतक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा पोखरा

धादिङको धुनीबेंसीमा एकै ठाउँमा सात सवारी दुर्घटना

मलेखु– पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै

बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रूपाकोट मझुवागढी नाष्टद्वारा पुरस्कृत

खोटाङ– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले दिक्तेल रुपाकोट मझुवागढी