दोलखा– जिल्ला भलिबल संघ दोलखाको आयोजनामा बिहीबार देखि खुल्ला महिला भलिबल प्रतियोगिता उद्घाटन गरिएको छ। प्रतियोगिताको बागमती प्रदेश सभा सदस्य भरत केसीले उद्घाटन गरेका हुन् ।
प्रतियोगितामा जिल्ला भित्रका ९ स्थानीय तह मध्ये ७ वटा पालिकाका ८ वटा टिमको सहभागिता रहेको भलिबल खेल प्रशिक्षक दीपक श्रेष्ठले बताए।जिल्ला भलिबल संघ दोलखाका अध्यक्ष बालकृष्ण खड्काको अध्यक्षयतामा सुरु भएको प्रतियोगिता भीमेश्वर नगरपालिका कवर्ड हलमा माघ ५ गतेसम्म चल्ने छ ।
प्रतियोगितामा प्रथम,द्वितीय,तृतीय,सान्त्वना हुने टिमले क्रमशः : ५० हजार ,३० हजार,२० हजार ,१० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।
-सुबास बस्नेत
प्रतिक्रिया