‘हमास-इजरायल युद्धविराम आइतबारदेखि लागु हुन्छ’ « Khabarhub

‘हमास-इजरायल युद्धविराम आइतबारदेखि लागु हुन्छ’


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

दोहा– इजरायल र हमासबीचको युद्धविराम आइतबारदेखि लागु हुने भएको छ । 

कतारका प्रधानमन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलअजीज अल थानीका अनुसार आइतबारदेखि युद्धविराम लागु हुने बित्तिकै गाजामा खाद्यान्न र स्वास्थ्य सामाग्रीलगायतका समान बोकेका ट्रकहरू प्रवेश गर्न थाल्नेछन् ।

उनका अनुसार सो क्रममा हमासले ३३ बन्धकहरूलाई रिहा गर्नेछ भने र इजरायलले सयौँ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने जनाइएको छ ।

सो सहमति पछि इजरायली मन्त्रीपरिषद्ले अनुमोदन गर्ने गरी तयारी सुरु भएको इजरायली मिडियाले जनाएका छन् । कतार र अमेरिकाको पहलमा यो युद्धविराम हुन लागेको हो ।

यो युद्धविराममा अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सहकार्य भएको जनाइएको छ, यो युद्धविरामलाई विश्वभरबाट स्वागत गरिएको छ ।

संयुक्त राष्ट्र संघले सेवा र उद्धारका लागि ट्रकहरू तयार पारिएको जनाएको छ । युद्धविराम लागु हुने बित्तिकै थप सहायता ट्रकहरू गाज पट्टीमा प्रवेश गर्न सुरु गर्ने उसले जनाएको छ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  १ : ४१ बजे

ट्रम्प र नेतन्याहूको हत्या गर्नेलाई इरानले ८०० करोड पुरस्कार दिने

तेहरान- इरानको संसद्ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री

गत आर्थिक वर्षमा गुगल, मेटा लगायतका कम्पनीले बुझाए ४० करोड बढी कर

काठमाडौं– गत आर्थिक वर्ष ०८१-८२ मा गुगल, मेटा, लिंक्डइन, माइक्रोसफ्ट,

दार्चुलामा प्रधानाध्यापक मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन आरोपमा ८ जना पक्राउ

दार्चुला- दार्चुलाको एक विद्यालयका प्रधानाध्यापक झुण्डिएको अवस्थामा मृत फेला परेको

नेप्से परिसूचकमा ६.५१ अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

प्रधानन्यायाधीशमा डा. शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोज कुमार शर्माको नाम