इटालीमा खालिस्तान र जिहादको अँध्यारो सम्बन्ध : आतंकको नयाँ केन्द्रबिन्दु « Khabarhub

इटालीमा खालिस्तान र जिहादको अँध्यारो सम्बन्ध : आतंकको नयाँ केन्द्रबिन्दु


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोमनस्थित भारतीय दूतावासमा खालिस्तान समर्थन गर्दै भित्तामा लेखिएका सन्देशहरू, उत्तरी इटालीका साना सहरहरूमा भएका दुई ठूला झगडा, नोवेलारामा बम विस्फोट, र स्थानीय सिख समुदायका प्रमुखको हत्या यस्ता घटनाहरूले इटालीमा खालिस्तान समर्थित गतिविधिहरूको तीव्रता देखाएको छ।

खालिस्तान जिन्दाबाद फोर्स र बब्बर खालसा जस्ता समूहहरूले इटालीमा लामो समयदेखि आफ्नो गतिविधि विस्तार गरिरहेका छन्। यी समूहहरू पाकिस्तानको आइएसआइद्वारा समर्थित रहेको आरोप छ। क्ष्क्क्ष् ले यी समूहहरूलाई जम्मु(कश्मीर लगायत भारतका विभिन्न क्षेत्रमा आतंकवादी गतिविधिहरू सञ्चालन गर्न आर्थिक र प्राविधिक सहयोग गरिरहेको छ।

इटाली, युरोपमा बेलायतपछि दोस्रो ठूलो सिख समुदायको घर भएकाले, खालिस्तान समर्थित संगठनहरूको केन्द्र बनेको छ। ूसिख्स फर जस्टिसू जस्ता समूहहरूले यहाँ जनमतसंग्रहको प्रचार(प्रसार, कोष संकलन, र खालिस्तानको नक्शा वितरणजस्ता गतिविधिहरू गर्दै आएका छन्।

इटालियन प्रहरीले २०१९ मा उडिनस्थित एउटा इन्टरनेट पोइन्टमा छापा मारेर ८ मिलियन युरोभन्दा बढीको अवैध लेनदेन पत्ता लगाएको थियो। यी रकमहरू खालिस्तान गतिविधि र इस्लामी आतंकवादका लागि प्रयोग गरिएको आशंका गरिएको छ।

यस प्रकारको अवैध गतिविधिले न केवल इटालीको सुरक्षा जोखिममा पार्दैछ, तर विश्वव्यापी रूपमा आतंकवादलाई बल पुर्‍याइरहेको छ। इटालीमा यस विषयमा कडा कदम चाल्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन्।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ६ : ५३ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने