नदीले कटान गरेका स्थानमा तटबन्धन निर्माण « Khabarhub

नदीले कटान गरेका स्थानमा तटबन्धन निर्माण


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

उदयपुर– त्रियुगा नगरपालिका–११ स्थित बरुवा नदीले बर्सेनि कटान गरेको स्थानमा स्थायी तटबन्धन निर्माण सुरू भएको छ । बिहीबारदेखि गाईघाट शिवालय टोलस्थित बरुवा नदी कटान स्थानबाट स्थायी तटबन्धन निर्माण सुरू गरिएको त्रियुगा नगरपालिकाले जनाएको छ ।

उक्त स्थायी तटबन्धनको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले औपचारिक शिलान्यास गरेपछि तटबन्धन निर्माण कार्य सुरू भएको हो । गाईघाटस्थित शिवालय टोलबाट मदन भण्डारी मार्गको बरुवा खोलाको पुलसम्म झन्डै डेढ किलोमिटर लामो तटबन्धन निर्माण औपचारिक रूपमा सुरू भएको छ ।

सङ्घीय सरकार जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक करोड बजेट व्यवस्थापन गरेपछि ६० मिटर लम्बाइको पक्की तटबन्धन निर्माण गरिन लागेको त्रियुगा नगरपालिकाका प्रमुख बस्नेतले बताए। एक करोडसम्मको बजेट योजना उपभोक्ता समिति गठन गरेर सञ्चालन गर्न सकिने हुनाले तटबन्धन निर्माण कार्य यहाँका स्थानीयको अगुवाइमा उपभोक्ता समिति गठन गरेर सुरू भएको हो ।

यसपटकको बजेटले ६० मिटर तारजाली ढुङ्गासहितको तटबन्धन निर्माण हुने र स्थायी कलभर्ट निर्माण गर्न लागिएको त्रियुगाले जनाएको छ 

। 

शिवालय, साकेलासहित सङ्गम टोल बर्सेनि बरुवा नदी कटानको उच्च जोखिममा परेपछि तटबन्धन निर्माण सुरू गरिएको हो । यसबाट गाईघाट क्षेत्रका आठ वटा टोलका झन्डै १० हजार बासिन्दा कटानको जोखिमबाट सुरक्षित हुने अवस्था रहेको बताइन्छ ।

विसं २०२९ मा पहिलो पटक बरुवा नदीले यस क्षेत्रमा कटान गर्दा यहाँका ६० घर विस्थापित भएका थिए भने गाईघाट बजारसहितका सय घरपरिवार विस्थापित भएको त्रिुगा नगरपालिकाले जनाएको छ । 

यस्तै, २०३७ सालको कटानले ४० घर विस्थापित भएका थिएभने २०५७ सालको कटानले १० घर विस्थापित भएका थिए । त्यसपछिका दिनमा अस्थायी तटबन्धन निर्माण गरेर तत्कालका लागि कटान रोक्ने काम हुँदै आएको त्रियुगा नगरपालिकाले बताएको छ ।

बजेटको अभावमा त्रियुगा नगरपालिका, सङ्घीय सांसदसहितको सहयोग तथा पहलमा बजेट व्यवस्थापन सुरू भएपछि अब ५० वर्षपछि बरुवा नदीमा स्थायी तटबन्धन निर्माण सुरू भएको त्रियुगा नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ७ : ०४ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै