जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउने प्रक्रिया रद्द « Khabarhub

जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउने प्रक्रिया रद्द


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विद्युत् उत्पादन कम्पनी लिमिटेडले साढे ५ खर्ब लागतका २ जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउने प्रक्रिया रद्द गरेको छ । 

गत मंसिर २३ गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरेको वित्तीय लगानी आह्वान गरेको २ जलविद्युत् आयोजनाको आशयपत्रसम्बन्धी प्रक्रिया रद्द गरेको हो । कम्पनीले किमाथांका अरुण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटाउने उद्देश्यले आह्वान गरिएको आशयपत्रको प्रक्रिया रद्द गरेको जनाएको छ ।

 बिहीबार बसेको कम्पनीको सञ्चालक समितिले उक्त प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो।

सरकारले किमाथांका अरुण जलविद्युत आयोजना र मुगु कर्णाली जलासययुक्त जलविद्युत आयोजना सार्वजनिक निजी साझेदारी ढाँचामा  निमार्णका लागि लगानी जुटाउन  गत मंसिर २३ गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरेर वित्तीय लगानी आह्वान गरेको थियो । 

यी २ आयोजनाको विद्युत् उत्पादन कुल क्षमता २३ सय ५६ मेगावाट रहेको छ । आयोजना निमार्णका लागि ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

किमाथांका अरुण अर्धजलासय आयोजनाको विद्युत् उत्पादन क्षमता ४ सय ५४ मेगावाट रहेको र मुगु कर्णाली जलासययुक्त जलविद्युत आयोजनाको विद्युत् उत्पादन क्षमता १९ सय २ मेगावाट रहेको छ ।  यी २ आयोजना बनाउन ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको हो ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ९ : ३८ बजे

पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य

गोकुल बास्कोटाको टिप्पणी : बालेन युग आउँछ भन्थे, मुलुक ब्ल्याकहोलतिर गयो

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

नवलपरासी– नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

काभ्रे– बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले बगाएर एकजनाको

ओली–लेखक पक्राउबारे हर्क साम्पाङले भने– सरकारले प्रतिशोधको राजनीति गर्‍याे

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा