जाडो छल्न १२० विद्यार्थीलाई न्यानो कपडा वितरण | Khabarhub Khabarhub

जाडो छल्न १२० विद्यार्थीलाई न्यानो कपडा वितरण


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

 पथरी– मोरङको पथरी-शनिश्चरे वडा नम्बर १० मा रहेको जालपादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।

कक्षा १ देखि ८ कक्षासम्मका १२० विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमकाबीच न्यानो कपडा वितरण गरिएको हो । तराईमा हुस्सु/कुहिरोका कारण चिसो बढिरहेका बेला विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

देवराज थापा, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोखरेल, डाँस-मोरङ्गी सामुदायिक वनका अध्यक्ष हरि निरौला, अमेरिका निवासी प्रदीप कट्वाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पाख्रिन, नरेन्द्र गुरुङ, खगेन्द्रबहादुर थापा, सन्तोष कठायत, नवीन श्रेष्ठ, हेमा भट्टराई, मीना कुमारी तामाङ, नरेन्द्र योञ्जन, उमेश कार्की र खगेन्द्र खड्काले करिब १ लाख ६२ हजार रुपैयाँ आर्थिक सहयोग गरी उक्त कपडा उपलब्ध गराएका थिए।

उक्त रकमले १२० थान ट्रयाक सुट र भेष्ट खरिद गरी विद्यार्थीलाई वितरण गरिएको थियो।

कपडा वितरण कार्यक्रममा पथरी-शनिश्चरे नगर प्रमुख मोहन तुम्वापो, वडाका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ५ : १२ बजे

‘कुलिङ अफ पिरियड’मा प्रचण्डलाई छानबिनको दायरामा ल्याउनु पर्छ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ‘कुलिङ

रौतहटमा खानेपानी आयोजना : दश वर्षमा आधा काम, जुडिबेलावासी समस्यामा

राैतहट- निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा

मुस्ताङ– मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त

खडेरीले सुख्खाग्रस्त मधेसका खेत (ड्रोन तस्बिर)

काठमाडौं– देशभर मनसुनी प्रणाली सक्रिय भएको डेढ महिना भएपनि मधेस

कम्बोडिया र थाइल्यान्ड युद्ध विरामका लागि तयार

काठमाडौं – केही दिन सीमामा झडप भएपछि कम्बोडिया र थाइल्यान्ड