नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूका राजदूतसँग पर्यटनमन्त्रीको आग्रह  | Khabarhub Khabarhub

नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूका राजदूतसँग पर्यटनमन्त्रीको आग्रह 


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाल एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन् । 

शुक्रबार ईयूका राजदूत भेरोनिक  लोरेन्जोसहितको प्रतिनिधि मण्डलसँग मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री पाण्डेले उक्त आग्रह गरेका हुन् ।  

मन्त्री पाण्डे नेपाल र युरोपेली युनियनबीच निकै पहिलेदेखि कूटनैतिक सम्बन्ध रहेको स्मरण गर्दै नेपाल र ईयूबीच साझेदारी रहेको समेत उल्लेख गरे । 

उनले भने, ‘नेपाल र ईयूबीच सन् करिब पाँच दशक अघि कूटनीति सम्बन्ध स्थापना भएदेखि नै घनिष्ठ कूटनैतिक सम्बन्ध रहेको छ । ईयू नेपालको प्रमुख विकास साझेदार हो । हामी हाम्रा सामाजिक, आर्थिक विकास प्रयासमा इयूको निरन्तर सहयोग प्रति कृतज्ञ छौँ ।’ 

उनले ईयूको आकाशमा नेपाली एयरलाएन्समाथि लगाइएको प्रतिबन्ध चाडै फुकुवा गरेर सहयोग गरिदिन समेत अनुरोध गरे  । 

राजदूत भेरोनिक लोरेन्जोले ईयूको लगाएको हवाई प्रतिबन्धले नेपाली पर्यटनका क्षेत्रमा परेको असरको बारेमा जानकार रहेको उल्लेख गर्दे नेपालले प्राविधिक रूपमा सक्षम बन्नु पर्नेमा जोड दिइन् । 

उनले फ्रान्सको एयरबस कम्पनीले नेपाली नागरिक उड्डयन क्षेत्रमा कुनै पनि प्रकारको सहयोग गर्न तत्पर रहेकोसमेत बताइन् । 

राजदूत लोरेन्जोले नेपालको हवाई दुर्घटनाबारे बनेको उच्चस्तरीय छानबिन समितिबारे समेत उच्च सोच का साथ हेरिरहेको बताएकी  थिइन् ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ५ : ५६ बजे

पन्त रनआउट भएपछि भारतले गुमायो अग्रताको अवसर

काठमाडौं – भारत र इङ्गल्यान्ड बीचको तेस्रो टेस्टको पहिलो पारीमा

भानुभक्तको जन्मस्थललाई साहित्यिक स्थल बनाउनु पर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मेक्सिको र युरोपेली देशको सामानमा ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट महिनादेखि लागु हुने

प्रतिनिधिसभा बैठक बस्दै, साइबर सुरक्षा विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (आइतबार) बस्दैछ ।