सिमकोट विमानस्थलमा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन | Khabarhub Khabarhub

सिमकोट विमानस्थलमा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ । 

विमानस्थलको धावनमार्गमा जमेका हिउँ पन्छाएर हवाई सेवा सञ्चालन गरिएको सिमकोट विमानस्थल प्रमुख महेन्द्र सिंहले बताए  । बिहीबार बिहानदेखि जिल्लामा हिमपात भएको थियो । 

आज बिहान नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले संयुक्त रूपमा विमानस्थलको धावन मार्ग, पार्किङ स्थल लगायतका हिउँ पन्छाएको हो । 

हिउँ पन्छाउने बित्तिकै नेपालगञ्जबाट सीता र समिट एयरले उडान भरेको विमानस्थल प्रमुख सिंहले बताए  । हिमपातका कारण दुई दिनदेखि सदरमुकाम सिमकोट जोड्ने सडक अवरुद्ध छन् ।
 

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ७ : १५ बजे

आदिकवि भानुभक्तकाे जन्मजयन्तीमा प्रभातफेरी (तस्बिरहरू) 

काठमाडौं– नेपाली साहित्यमा आदिकविको रुपमा परिचित भानुभक्त आचार्यको जन्मजयन्ती आज

एमाले केन्द्रीय विभागहरूको संयुक्त भेला आज

काठमाडौं– नेकपा एमालेका केन्द्रीय विभागहरूको संयुक्त भेला आज (आइतबार) हुँदैछ

काठमाडौं महानगरले आज बजेट ल्याउँदै

काठमाडौं– काठमाडौं महानगरपालिकाले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२–०८३ को

आदिकविबाट नेपालीलाई भाषा र भावनाको सेतुले जोड्ने काम भयो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यले नेपालीलाई भाषा र

दुई क्विन्टल गाँजासहित एक युवक पक्राउ

सिरहा– सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी