साताको कार्टुन : सरकारको ६ महिने उपलब्धि, ओली-देउवाको चाकाचुली « Khabarhub

साताको कार्टुन : सरकारको ६ महिने उपलब्धि, ओली-देउवाको चाकाचुली


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत असार ३० गते नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको गठबन्धन सरकारले ६ महिना पूरा गरेको छ ।

गत असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिने उपलब्धि सुनाउँदै अब सरकारको गियर बदलेर तीव्र गतिमा काम गर्ने बताएका थिए ।

तर, त्यसयताका तीन महिना बित्दा पनि दुईतिहाइ नजिकको सरकार आफैं रणभुल्ल अवस्थामा छ । देखाउन सकिने ठोस उपलब्धि जनतासामु नपुग्दा निराशा चिरिन सकेको छैन ।

दुई नेता आलोपालो प्रधानमन्त्री हुने सहमति गर्दा अब देशले विकास र समृद्धिको गति लिने अपेक्षा थियो । तर यी ६ महिनामा जनताले दुई नेताको चाकाचुली खेल हेर्नेबाहेक अरु गतिलो उपलब्धि देख्न सकेका छैनन् ।

कछुवा गतिमा सरकार अघि बढ्दा यसलाई हाँक्ने दुई नेता चाकाचुलीमा रमाइरहेको दृश्यसहित यस कार्टुनमा ब्यंग्य कसिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ७ : २६ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले