गाजामा आइतबार बिहान ८ः३० बजेबाट युद्धबिराम लागू हुने « Khabarhub

गाजामा आइतबार बिहान ८ः३० बजेबाट युद्धबिराम लागू हुने


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

गाजा– अन्ततः हमास र इजरायलका बिचमा युद्धबिराम भएको छ । इजरायली मन्त्री परिषद्ले अनुमोदन गरेपछि यो युद्धबिराम आइतबारबाट लागू हुने भएको हो । 

समाचार अनुसार युद्धविरामको कार्यान्वयन आइतबार बिहान ८ः३० बजे सुरु हुने कतारको विदेश मन्त्रालयले जनाएको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ताले गाजाको स्थानीय समय अनुसार आइतबार बिहान ८ः३० बजेबाट गाजामा युद्धविराम सुरु हुने घोषणा गरेका हुन्।

‘हामी हाम्रा भाइहरूलाई सतर्क रहन, अत्यन्त सावधानी अपनाउन र आधिकारिक स्रोतहरूबाट निर्देशनहरू पर्खन सल्लाह दिन्छौँ,’ प्रवक्ता माजेद अल अन्सारीले अरबीमा सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

हमास र इजरायलका बिचमा युद्धबिराम गराउन कतारले उल्लेखनीय भूमिका खेलेको छ । उसैको पहलमा १५ महिना लामो युद्ध रोकिन लागेको हो । जसले मध्य पूर्वमा शान्ति छाउने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  २ : ११ बजे

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री कार्की

पाटन– प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्

एमाले महाधिवेशन : मतदान जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब