यु–१९ महिला विश्वकप : नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित  | Khabarhub Khabarhub

यु–१९ महिला विश्वकप : नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित 


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियामा जारी १९ वर्ष मुनीको आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेटमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको छ ।

बङ्गलादेशले १३ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा जीतका लागि नेपालले दिएको ५३ रनको लक्ष्य भेट्टाएको छ । 

शनिबारको आफ्नो पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८।२ ओभरमा अल आउट हुँदै ५२ रनको झिनो योगफल मात्रै तयार पार्न सकेको थियो ।

बङ्गलादेशका जनाथन माओलाले २ तथा अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान १ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको बङ्गलादेशका लागि सादिया इस्लामले सर्वाधिक १६ रन जोडिन् । सुमैया अक्तरले १२ रन जोड्दा अफिया अशिमा इरा ९ रनसहित अविजित रहिन् । जनातुल माउवा ५ रन बनाएर अविजित रहँदा सुमैया अक्तर सुबोमा ४ रन बनाएर पवेभेलियन फर्किएकी थिइन् । 

नेपालका लागि सिमाना केसी, पूजा महतो, रिया शर्मा र रचना चौधरीले समान १ विकेट लिए । नेपालले दोस्रो खेलमा सोमबार स्कटल्याण्डसँग खेल्ने छ ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ३ : ०२ बजे

एमाले पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना (तस्बिरहरू)

काठमाडौं– शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएका छन्

कोशीमा विविध कार्यक्रम गर्दै तीन दिनसम्म संविधान दिवस मनाइने

मोरङ– कोशी प्रदेश सरकारले विविध कार्यक्रमका साथ आगामी असोज ३

वीरगञ्जमा हैजाका ६४ जना बिरामी उपचाररत

वीरगञ्ज– यहाँस्थित नारायणी अस्पतालमा हैजाबाट सङ्क्रमित ६४ जना बिरामी उपचाररत

व्यावसायिक ड्रागनखेतीमा रमाउँदै भोजपुरका किसान

टक्सार–  सिँचाइ अभाव र बाँदरका कारण बाली लगाउन समस्या भएपछि

नेपाल साउथ अस्ट्रेलियासँग पराजित

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो अभ्यास खेलमा साउथ