च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा, पाकिस्तानसँग कहिले खेल्छ ?  « Khabarhub

च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा, पाकिस्तानसँग कहिले खेल्छ ? 


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा गरेको छ । बीसीसीआईले शनिवार च्याम्पियन्स ट्रफीका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । 

टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जायसवाल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, ऋषभ पन्त, रवीन्द्र जडेजा, हार्दिक पान्ड्या, अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, जसप्रीत बुमराह, मोहम्मद शमी, अर्शदीप सिंह रहेका छन् । 

च्याम्पियन्स ट्रफीको आयोजक राष्ट्र पाकिस्तान हो । तर, भारतीय टोलीका सबै खेलहरू दुबईमा हुने बीसीसीआईले जनाएको छ । 

बीसीसीआईका अनुसार भारतीय टोलीले फेब्रुअरी २० मा आफ्नो पहिलो खेल बंगलादेशविरुद्ध खेल्ने छ । भारतीय टोलीको दोस्रो खेल फेब्रुअरी २३ मा पाकिस्तानसँग हुनेछ । 

आगामी मार्च २ मा भारतीय क्रिकेट टोलीले न्युजिल्यान्डसँग तेस्रो खेल खेल्ने छ । भारतीय टोलीले हुई पटक च्याम्पियन्स ट्रफी उचाली सकेको छ । सन् २०१७ मा सम्पन्न च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ४ : २२ बजे

एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा

अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण

म्याग्दी – नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र