साउदी जेलमा १० हजारभन्दा धेरै पाकिस्तानी कैदी « Khabarhub

साउदी जेलमा १० हजारभन्दा धेरै पाकिस्तानी कैदी


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउदी अरबको जेलमा हाल १० हजारभन्दा धेरै पाकिस्तानी नागरिक रहेको खुलासा भएको छ । पाकिस्तानी उपप्रधान तथा विदेशमन्त्री इशक दारले संसदलाई यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार हाल साउदी अरबको जेलमा १० हजार २ सय ७९ जना पाकिस्तानी नागरिक रहेका छन् । उनले ५ सय ७० जना बन्दीलाई पाकिस्तान लैजान दिन साउदी अरब सहमत भएको पनि उल्लेख गरे ।

उनले हाल विश्वका विभिन्न मुलुकमा १९ हजार ९ सय ९७ जना पाकिस्तानी नागरिक जेलमा रहेको बताएका छन् । तीमध्ये विभिन्न १० मुलुकमा ६८ जना पाकिस्तानीलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

सबैभन्दा धेरै साउदी अरबमा, त्यसपछि क्रमशः यूएईमा ५ हजार २ सय ९२ जना, ग्रिसमा ५ सय ९८ जना, ओमनमा ५ सय ७८ जना, मलेशियामा ४ सय ६३ जना पाकिस्तानी नागरिक जेलमा रहेका छन् । यीमध्ये अधिकांश अवैध आप्रवासन, हत्या, मानव तस्करी, जबरजस्ती अशुलीजस्ता अभियोगमा पाकिस्तानी नागरिक जेलमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ५ : १६ बजे

जापानमा एक्सप्रेस रेलको ठक्करबाट चार कर्मचारीको मृत्यु

टोकियो- जापानमा एक्सप्रेस रेलको ठक्करबाट रेल सेवाका चार कर्मचारीको मृत्यु भएको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

राँझा– बहुमूल्य जडीबुटी संकलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका लागि

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण