अमेरिकाले चिनियाँ प्रविधि जडान भएका कारमा प्रतिबन्ध लगाउने « Khabarhub

अमेरिकाले चिनियाँ प्रविधि जडान भएका कारमा प्रतिबन्ध लगाउने


३ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले चिनियाँ प्रविधि प्रयोग भएका विद्युतीय सवारीमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकाले रुसीसँगै चिनियाँ हार्डवेयर र सफ्टवेयर प्रयोग भएका स्मार्ट कारमाथि प्रतिबन्ध लगाउने भएको हो ।

कारमा आजभोलि धातु र पाङ्ग्रा मात्रै नभइ कम्प्युटर समेत जडान हुने भएकाले विदेशी प्रविधिले जोखिम निम्त्याउने अमेरिकी वाणिज्यमन्त्री जिना राइमोन्डोको दाबी छ ।

उनले आधुनिक कारमा क्यामेरा, माइक्रोफोन, जीपीएसजस्ता अत्याधुनिक प्रविधि समेत जडान हुने भएकाले जोखिम बढेको बताइन् ।

समाचार संस्था एएफपीका अनुसार अमेरिकी सडकबाट चीन र रुसमा उत्पादित प्रविधिको प्रयोगलाई निरुत्साहित गर्न प्रतिबन्ध लगाइएको उनको भनाइ छ । यसअघि अमेरिकाले चीनतर्फ आर्टिफिसियल इन्टिलिजेन्स एआईमा प्रयोग हुने चिप्स निर्यातमा कडाइ गर्ने नयाँ नीति सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ८ : २० बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण