पहिलो विदेश भ्रमणका क्रममा बोइङका नयाँ सीईओ भारत पुगे « Khabarhub

पहिलो विदेश भ्रमणका क्रममा बोइङका नयाँ सीईओ भारत पुगे


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी हवाई तथा रक्षा उपकरण निर्माता कम्पनी बोइङका अध्यक्ष तथा प्रमुख कार्यकारी (सीईओ) आफ्नो पहिलो विदेश भ्रमणका क्रममा भारत पुगेका छन् । बोइङ कम्पनीका नयाँ सीइओ केली ओर्टबर्ग आफ्नो पहिलो विदेश भ्रमणका क्रममा भारत पुगेका हुन् ।

भारत भ्रमणका क्रममा ओर्टबर्गले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसहित अन्य सरकारी अधिकारी तथा उद्योगपतिहरुसँग भेटवार्ता गरेको भारतीय अखबार द हिन्दुले जनाएको छ । भारतमा रहँदा उनले हैदरवाद र बैङ्गलुरुमा रहेका बोइङका कारखाना तथा कार्यालयको पनि भ्रमण गरेको जनाइएको छ ।

टाटासँग मिलेर बोइङले भारतमा हवाई तथा अन्य उपकरणको उत्पादन गर्दै आएको छ । तीनदिने भ्रमणका लागि भारत आएका उनको भ्रमणलाई गोप्य राखिएको द हिन्दुले जनाएको छ । ओर्टबर्गले गत अक्टोबर महिनामा कम्पनीको सीईओको जिम्मेवारी सम्हालेका थिए

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ७ : २४ बजे

जापानमा एक्सप्रेस रेलको ठक्करबाट चार कर्मचारीको मृत्यु

टोकियो- जापानमा एक्सप्रेस रेलको ठक्करबाट रेल सेवाका चार कर्मचारीको मृत्यु भएको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

राँझा– बहुमूल्य जडीबुटी संकलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका लागि

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण