प्रधानमन्त्री कप : डेब्यू खेलमा आर्मीको शानदार जित « Khabarhub

प्रधानमन्त्री कप : डेब्यू खेलमा आर्मीको शानदार जित


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले डेब्यू खेलमा शानदार जित निकालेको छ ।

पहिलोपटक प्रतियोगितामा सहभागी भएको आर्मीले मधेस प्रदेशलाई १० विकेटले हराउँदै सुखद सुरूआत ग¥यो । मधेसले दिएको २६ रनको झिनो लक्ष्य आर्मीले दुई दशमलव पाँच ओभरमा विकेट नगुमाई पूरा गर्‍यो । आर्मीका लागि सम्झना खड्काले अविजित २२ र अञ्जली विश्वकर्माले ४ रन बनाइन् ।

यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मधेस १५ दशमलव दुई ओभरमा २५ रन बनाएर अलआउट भएको थियो । मधेसका लागि भूमि सिंहले सर्वाधिक १० रन बनाइन् । सात खेलाडी डकआउट भए ।

आर्मीका लागि आश्मा पुलामी मगरले ३ विकेट, मनिषा चौधरी र लक्ष्मी साउदले २–२ तथा सीता शाही र ईश्वरी विष्टले १–१ विकेट लिइन् । आश्मा प्लेयर अफ द म्याचसमेत भइन् ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ९ : ४८ बजे

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर