इङ्लिस प्रिमियरसिप : लयमा सिटी, विपक्षीको पोस्टमा ६ गोल « Khabarhub

इङ्लिस प्रिमियरसिप : लयमा सिटी, विपक्षीको पोस्टमा ६ गोल


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस सिजन खराब लयमा रहेको म्यानचेस्टर सिटीले वास्तविक फर्ममा फर्किएको आभास दिलाएको छ। आइतबार राति भएको इङ्लिस प्रिमियरसिपको खेलमा इप्सविचलाई ६-० ले हरायो।

सिटीका फिल फोडेनले सानदार प्रदर्शन गर्दै २ गोल गरे भने एक एसिस्ट गरे। २८ औँ मिनेटमा केभिन डे ब्रायनको पासमा उनले पहिलो गोल गरेका थिए। त्यसको तीन मिनेटपछि माटियो कोभासिकले अर्को गोल गरे। कोभासिकलाई पनि फोडेनले गोलको अवसर सृजना गरी दिएका थिए।

पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा डे ब्रायनको पासमा फोडेनले अर्को गोल गरे। दोस्रो हाफको सुरुवातमा नै जेरेमी डोकुले गोल गरे। यउसका लागि एर्लिङ हलान्डले अर्को गोल थपे। जेम्स म्याक एटीले अन्तिम गोल गरे।

सिटी ३८ अङ्क सहित तालिकाको चौथो स्थानमा उक्लेको छ भने इप्सविच भने १६ अङ्कका साथ १८ औं स्थानमा छ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ७ : ३७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै