फरेस्टको तनावग्रस्त जित « Khabarhub

फरेस्टको तनावग्रस्त जित


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियरसिप अन्तर्गत आइतबार राति भएको खेलमा साउथहम्टनविरुद्ध नटिङघम फरेस्टले संघर्षपूर्ण जित निकालेको छ।

खेलको ४१ मिनेटमा नै फरेस्टले ३-० को अग्रता लिइसकेको थियो। त्यसपछि साउथहम्टनले दुई गोल गरेको हो। ६० औँ मिनेटमा जन बडनारेकको गोलमा साउथहाम्टन खेलमा फर्किएको थियो।

१२ मिनेट थपिएको इन्जुरी समयको पहिलो मिनेटमा नै पाउल ओनारचुले गोल गरेका थिए। सो गोलपछि फरेस्ट दबाबमा परेको थियो।

११ औँ मिनेटमा एलियट एन्डरसनको गोलमा फरेस्टले पहिलो अग्रता लिएको हो। २८ औँ मिनेटमा कालुम हडसनले अर्को गोल गरे। क्रिउ उडले फरेस्टका लागि अर्को गोल गरे। सो गोल उनको सिजनको १४ औँ गोल हो।

तालिकाको पुछारमा रहेको साउथहम्टनको अस्वाभाविक कम ब्याकलाई पार गर्दै ३–२ जित हात पारेको नटिङघम फरेस्ट इङ्लिस प्रिमियरसिप अङ्क तालिकाको तेस्रो स्थानमा यथावतै छ।

दोस्रो स्थानमा रहेको आर्सनल र नटिङघमको समान ४४ अङ्क भए पनि गोल अन्तरको आधारमा आर्सनल अघि रहेको छ। शीर्ष स्थानमा रहेको लिभरपुलको ५० अङ्क छ।

इतबार भएका अन्य खेलमा ब्रिङटनले म्यानचेस्टर युनाइटेडलाई ३–१ ले तथा एभरटनले टोटनहामलाई ३–२ ले हराए।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ७ : ४५ बजे

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल

कास्की प्रहरीद्वारा एकैदिनमा २७ फरार प्रतिवादी पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीले आज जिल्लाका विभिन्न स्थानबाट