मार्बुका ग्रामीण सडक स्तरोन्नति गरिँदै | Khabarhub Khabarhub

मार्बुका ग्रामीण सडक स्तरोन्नति गरिँदै


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-७ मार्बु अन्तर्गत पर्ने ग्रामीण सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ।

गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिएको वैतेश्वर गाउँपालिकाले अन्य वडाको जस्तै गरी वडा नम्बर-७ का ग्रामीण सडक निर्माणलाई पनि प्राथमिकता दिएर विकास गरिरहेको सोमबार निर्माणाधीन सडक अनुगमन गर्ने मार्बु पुगेका गाउँपालिका अध्यक्ष छवि लामाले बताए ।

लामाका अनुसार वैतेश्वर गाउँपालिकाले गत वर्ष र यस आर्थिक वर्षमा वडा नम्बर-७ मार्बुमा करिब १६ सय मिटर ढलान भएको बताए ।

गत वर्ष गाउँपालिकाले विनियोजन गरेको बजेटले च्यानडाँडा- छाप सडकमा सात सय ५२ मिटर सडक ढलान गरिएको बताए । त्यसै गरी गत वर्षनै सोही वडाको ठोट्नेरी सडकमा पनि एक सय ४४ मिटर सडक ढलान भएको उनले बताए ।

गाउँपालिकाले चालु वर्ष पनि वडा नम्बर-७ को नाम्दु-मार्बु सडक खण्डकै कान्लेमा उपभोक्ता समिति मार्फत ३ सय ७० मिटर सडक ढलान सम्पन्न भएको सडक अनुगमनको क्रममा बताए ।

त्यसै गरी अन्य विभिन्न निकाय मार्फत नाम्दु, मार्बु, क्षेत्रपा सडक खण्डमा ठेक्का मार्फत सडक विभाग अन्तर्गतको बजेटबाट एक सय ६० मिटर ढलान हुने तथा स्थानीय विकास पूर्वाधार अन्तर्गत ४ सय मिटर सडक ढलान हुने समेत अध्यक्ष लामाले जानकारी दिए ।

अध्यक्ष लामाले सडक अनुगमनकै क्रममा अन्य सडकलाई जस्तै गरी नाम्दु-मार्बु सडकलाई पनि प्राथमिकता दिएर आफ्नो बाकी कार्यकाल भित्र वडा कार्यालयसम्मै पक्की सडक निर्माण गरेर पुर्‍याउने समेत बताए । 

ढलान सुरु गरिएका सडकलाई आगामी वर्ष पनि निरन्तरता दिन पालिकाबाट बजेट विनियोजन गरेर मुख्य सडकको स्तरोन्नति गर्ने लामाले बताए । -सुबास बस्नेत

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ६ : १३ बजे

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही

मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन

जनकपुरधाम– मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष