अलपत्र रहेको खानेपानी आयोजनाको काम पुनः सञ्चालन « Khabarhub

अलपत्र रहेको खानेपानी आयोजनाको काम पुनः सञ्चालन


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– लहान नगरपालिका–१६ स्थित तरेगणा गोविन्दपुरमा वर्षौंदेखि अलपत्र रहेको खानेपानी आयोजनाको काम पुनः सञ्चालन भएको छ । आइतबारदेखि नगरप्रमुख महेश चौधरीको पहलकदमीमा खानेपानीको डिप बोरिङ जडान सुरु भएको हो ।

अधुरो खानेपानी योजनाको काम सम्पन्न गर्न लहान नगरपालिका, वाटर एड, नेपाल खानेपानी संस्थानअन्तर्गत शाखा कार्यालय लहान र दलित जनकल्याण युवाक्लबको सहयोग तथा समन्वयमा सञ्चालित ‘द विकन परियोजना’बाट ६० लाख लागतमा बोरिङ जडान सुरु गरिएको नगरप्रमुख चौधरीले जानकारी दिए । खानेपानीको अधुरो काम सञ्चालन भएसँगै अब यस भेगका नागरिक खानेपानीको अभावबाट चाँडै मुक्त हुने उनले विश्वास व्यक्त गरे ।

‘वर्षौदेखि अलपत्र खानेपानीका लागि लहान नगरपालिका– १६ र १७ का स्थानीयवासी सङ्घर्षरत थिए’, नगरप्रमुख चौधरीले भने, ‘खानेपानीको समस्या समाधान हुनेतर्फ काम अगाडि बढेको छ । अब चाँडै यस भेगका नागरिकलाई खानेपानीको अभावबाट मुक्ति मिल्नेछ ।’

परियोजनाले गरेका सर्भेअनुसार एक हजार ४१ घरधुरीमा खानेपानी धारा जडान हुनेछ भने आठ हजार तीन सय ९४ स्थानीय लाभान्वित हुने खानेपानी संस्थान लहान शाखाका वितरण महाशाखा प्रमुख लट्टप्रसाद यादवले जानकारी दिए । उनका अनुसार दुई लाख २५ लिटर क्षमताको पानी भण्डारण गर्न ओभरहेड ट्याङ्क बनिसकेको छ ।

यसअघि दुई वटा बोरिङ जडानका लागि ‘बोरहोल’ गरिएको थियो । नजिकै पोखरी हुँदा सुरुमा पानी देखिए पनि पछि पोखरी सुकेपछि बोरहोल असफल भई आयोजना अलपत्र परेको दलित जनकल्याण युवा क्लबका सामाजिक परिचालक एलिना हिङ्माङले जानकारी दिए । उनका अनुसार अहिले पहिलेकोभन्दा एक किलोमिटर बढी ठाउँ सारेर बोरहोलको काम भइरहेको छ ।

लहान–१६ का वडाध्यक्ष गडुलबहादुर जर्घामगरले स्थानीयको समस्या बुझेर नगरप्रमुख चौधरीले खानेपानीको काम अगाडि बढाएको भन्दै आगामी दिनमा समस्या समाधान हुनेमा विश्वस्त रहेको बताए । नगरको काममा वडाको सदैव समर्थन र सहयोग रहने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ८ : ५८ बजे

क्रोएसियाको टोलीमा लुका मोड्रिच, चोटमुक्त भए पाँचौं पटक विश्वकप खेल्ने पक्का

क्रोएसिया- चर्चित फुटबलर लुका मोड्रिच सोमबार क्रोएसियाको टोलीमा समावेश भएका

स्वास्थ्य मन्त्रालयको पुँजीगत खर्च ६८ प्रतिशत 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चालु आर्थिक वर्षको पुँजीगत खर्च

स्वास्थ्य क्षेत्रमा सुस्त प्रगति, घटेन मातृ मृत्युदर र कुपोषण

काठमाडौं– सरकारको सोह्रौँ योजनाले तय गरेका स्वास्थ्य क्षेत्रका अधिकांश सूचकमा

म्यान सिटीबाट बिदा हुँदै ग्वार्डिओला, एनजो मारेस्का नेतृत्वमा ‘नयाँ युग’ थालिँदै

म्यानचेस्टर- इङ्लिस क्लब म्यानचेस्टर सिटीमा ठूलो परिवर्तनको संकेत देखिएको छ

फिटनेसबारे शंकाबीच ब्राजिलको विश्वकप टोलीमा अटाए नेयमार, फ्यानहरूले मनाए खुसियाली

रियो दि जेनेरियो– बारम्बारको चोटपछि पूर्ण फिट भएर फर्किन संघर्ष