धरानका मेयरले भेट्न पाएनन् प्रधानमन्त्री ओलीलाई « Khabarhub

धरानका मेयरले भेट्न पाएनन् प्रधानमन्त्री ओलीलाई


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खानेपानीको समयस्या लिएर काठमाडौं आएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट दिएनन् ।

मंगलबार सिंहदरबार छिरेका राईले खानेपानी मन्त्री प्रदीप यादवसँग धरान उपमहानगरपालिकावासीको खानेपानी समस्या समाधानका लागि ध्यानकर्षण गराएपछि प्रधानमन्त्रीलाई भेट्न खोजेका थिए ।

खानेपानी संकट टार्न यसै वर्ष टेन्डर लगाउने प्रतिबद्धता खानेपानी मन्त्रीले गरेपछि मेयर राई ओलीलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका थिए ।

प्रधानमन्त्रीले समय नदिएपछि मेयर राई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निस्किएका छन्।

राई भेट्न पुगेका समयमा प्रधानमन्त्री ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमको शुभारम्भमा सहभागी थिए । त्यसलगत्तै अन्य दुई कार्यक्रममा पनि ओली सहभागी भएका थिए ।

अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयद्वारा आयोजित कार्यक्रममा ओलीले संवाद कार्यक्रमको ‘लन्चिङ’ गरे ।

त्यसपछि उनी प्रधानमन्त्री निवास, बालुवाटारमा सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफलमा सहभागी भएका छन् ।

ओलीले मंगलबार नै सिंहदरबारमा संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राजदूत फेनसँग ओलीको भेटवार्ता चलिरहेका बेला मेयर साम्पाङ भने बाहिरिएका छन् ।

खानेपानी समस्या समाधानको खोजीमा सोमबार उनी रित्तो गाग्रीसहित काठमाडौं आएका थिए । मंगलबार सिंहदरबार छिरेका राईसँगको भेटवार्तामा खानेपानीमन्त्री यादवले एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा समाधान खोजिने बचन दिए ।

मेयर साम्पाङ र मन्त्री यादवबीच भेटवार्तामा खानेपानी समस्या समाधानका लागि आवश्यक जग्गा प्राप्तिको जिम्मा धरान उपमहानगरपालिकाले लिने सहमति भएको छ । त्यसपछि मन्त्रालयले ठेक्का लगाइदिने प्रतिवद्धता मन्त्रीले जनाएका छन् ।

‘मैले धरानवासीको खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेन्डर आह्वान गर्ने प्रतिबद्धता गरेको छु,’ मन्त्री यादवले भने ।

खानेपानी व्यवस्थापनका लागि टेन्डर आह्वान गरिएको सूचनासहितको पत्र धरानवासीलाई लिएर जाने प्रतिवद्धता जनाएको उनले बताएका छन् ।

आफूले नगरप्रमुख साम्पाङलाई खानेपानी योजनाका लागि अन्यत्र नजान र खुशीसहित धरान फर्किन भनेको उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ४ : ४९ बजे

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ

युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस बिचको युद्धको

एमाले महाधिवेशन मतदानमा प्राविधिक समस्या, समय थपिने

काठमाडौं – नेकपा एमालेको महाधिवेशनको मतदानमा प्राविधिक समस्या देखिएको छ।

जित सुनिश्चित भएपछि ओलीले समेटे सुहाङलाई, उनी भन्छन्- ‘म साझा उम्मेदवार हुँ’

काठमाडौं– नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफू साझा उम्मेदवार भएको बताएका

प्रदिपले छाडेपछि उपाध्यक्षका लागि रघुजीलाई अवसर

काठमाडौं– नेकपा एमालेको उपाध्यक्ष पदका लागि ओली समूहले रघुजी पन्तलाई आफ्नो