लिभरपुल च्याम्पियन्स लिगको दोस्रो चरणमा « Khabarhub

लिभरपुल च्याम्पियन्स लिगको दोस्रो चरणमा


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातार सातौँ खेलमा जित हात पार्दै लिभरपुल युरोपेली च्याम्पियन्स लिग फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ।

मंगलबार राति भएको खेलमा लिभरपुलले लिलीलाई २-१ ले हरायो। १० खेलाडीमा सीमित लिलीलाई हराउने क्रममा मोहम्मद सलाहले क्लबका लागि ५० औँ युरोपेली गोल गरे।

३४ औँ मिनेटमा कार्टिन्स जोन्सको थ्रु पासलाई उपयोग गर्दै सलाहले लिभरपुललाई अग्रता दिलाएका थिए।

लिलिका आइसा मान्डिसले दोस्रो पहेँलो कार्ड स्वरूप रातो कार्ड पाएपछि दोस्रो हाफमा लिभरपुल १० खेलाडीमा सीमित भएको थियो। त्यसको तीन मिनेटपछि ६२ औँ मिनेटमा जोनाथन डेभिडले लिलीका लागि बराबरी गोल गरेका थिए।

खेलको ६७ औँ मिनेटमा हार्भी इलियटले कर्नरमा हेड गोल गर्दै लिभरपुललाई जित दिलाएका हुन्।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ५ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै