डलर बढ्यो : बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

डलर बढ्यो : बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ।

युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ। यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ।

राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ८३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपियाँ ०६ पैसा र बिक्रीदर एक सय ४३ रुपियाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपियाँ १५ पैसा र बिक्रीदर एक सय ६९ रुपियाँ ८९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपियाँ ७० पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ३६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ९४ पैसा र बिक्रीदर ८६ रुपियाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ७१ पैसा र बिक्रीदर ९५ रुपियाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ ६१ पैसा र बिक्रीदर एक सय ०२ रुपियाँ ०५ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपियाँ ८६ पैसा र बिक्री दर आठ रुपियाँ ९० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९८ पैसा र बिक्रीदर १९ रुपियाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७ रुपियाँ, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९१ पैसा र बिक्रीदर ३८ रुपियाँ ०८ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०५ पैसा र बिक्रीदर चार रुपियाँ ०७ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६३ पैसा र बिक्रीदर ३७ रुपियाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ८९ पैसा र बिक्रीदर ३१ रुपियाँ ०२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५८ पैसा र बिक्रीदर नौ रुपियाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ४६ पैसा र बिक्रीदर १२ रुपियाँ ५२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ १७ पैसा र बिक्री दर १९ रुपियाँ २६ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ७५ पैसा र बिक्रीदर १७ रुपियाँ ८३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपियाँ १३ पैसा र बिक्रीदर चार सय ५० रुपियाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपियाँ ७३ पैसा र बिक्रीदर तीन सय ६८ रुपियाँ ३२ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपियाँ १६ पैसा र बिक्रीदर तीन सय ६० रुपियाँ ७१ पैसा तोकिएको छ। यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा निर्धारण भएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेवसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ६ : ०६ बजे

प्रदर्शन र चौतर्फी दबाबपछि युक्रेनी राष्ट्रपतिले गरे सेनाध्यक्ष बर्खास्‍त

काठमाडौँ – व्यापक जनप्रदर्शन र राजनीतिक दबाबपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर

कान्छारामको ‘टालो’ले ढाकेको वंशवादको लाज !

पैसाको संकटले पार्टी चलाउन फिटफिटी परेपछि २०१५ सालमा बीपी कोइरालाले

विश्वकप-२०२६ का १० अविस्मरणीय क्षण

३९ दिन, ४८ राष्ट्र, १०४ खेल र करोडौँ समर्थकको नजर।

दोलखाको मूलखर्कमा पहिरो: ७५ वर्षीय वृद्ध बेपत्ता, चार कर्मचारीको उद्धार

काठमाडौँ – दोलखाको गौरीशंकर गाउँपालिका–९ मूलखर्कमा गएको पहिरोमा परी ७५

बालबालिकामा चपाउने बानी घट्दा दाँत कमजोर : कसरी जोगाउने दाँत ?

काठमाडौँ – पछिल्लो समय बालबालिकामा दाँत बिग्रिने, किरा लाग्ने र