एटलान्टा र मोनाकोको सफलतापछि रोचक बन्दै च्याम्पियन्स लिगको समीकरण « Khabarhub

एटलान्टा र मोनाकोको सफलतापछि रोचक बन्दै च्याम्पियन्स लिगको समीकरण


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा इटालियन क्लब एटलान्टाले स्टुवार्म ब्राजलाई ५-० ले हराएको छ। सो जितसहित एटलान्टा तालिकाको चौथो स्थानमा उक्लिएको छ। एटलान्टाको १४ अङ्क छ। सो टोली सिधै दोस्रो चरण प्रवेश गर्ने सम्भावना कायम छ। उसले प्ले अफ भने पक्का गरेको छ। च्याम्पियन्स लिगमा सहभागी ३६ टोली मध्य १६ टोली दोस्रो चरणमा प्रवेश गर्नेछन्।

लिग चरणका ८ खेलको समाप्ति पछि ८ टोली सिधै प्रवेश गर्ने छन् भने नवौँदेखि २४ औँ स्थानमा रहनेको बिचमा प्ले अफ हुनेछ। यी १६ मध्यका ८ टोली पनि दोस्रो चरणमा प्रवेश गर्ने छन्। १८ टोलीले ७ खेल खेलेका छन् भने १८ टोलीले बुधबार रातिसम्ममा सातौँ खेल खेल्ने छन्।

अर्को खेलमा फ्रेन्च क्लब मोनाकोले अस्टन भिल्लालाई १-० ले हरायो। बोलोग्नाले बोरुसिया डर्टमन्डलाई २-१ ले हरायो। क्लब ब्रग र युभेन्ट्स बिचको खेलमा गोल रहित बराबरीमा सकियो। पिएसभीले रेड स्टार बेलग्रेडलाई ३-२ ले तथा स्टुगार्टले स्लोभान ब्राटिस्लाभालाई ३-१ ले हराए।

चौथो स्थानमा रहेको एटलान्टाको १४ अङ्क छ भने आर्सनल, वायर लिभरकुसेन, इन्टर मिलन, अस्टन भिल्ला, ब्रिस्ट, मोनाको र लिलीको १३ अङ्क छ।

आर्सनल, इन्टर मिलान र ब्रिस्टले एक खेल कम खेलेका छन्। यसैगरी १२ अङ्क रहेका एसी मिलान र वायरन म्युनिखले पनि एक खेल कम खेलेका छन्।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ६ : ५६ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।