बागलुङका ११ हजार किशोरीलाई एचपीभी खोप दिइँदै | Khabarhub Khabarhub

बागलुङका ११ हजार किशोरीलाई एचपीभी खोप दिइँदै


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बागलुङ– यही माघ २२ देखि फागुन ३ गतेसम्म बागलुङका ११ हजार पाँच सय ५५ जना किशोरीलाई एचपीभी खोप लगाइने भएको छ । महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सर उन्मूलन गर्न एचपीभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाका अनुसार यो वर्ष जिल्लाका १० पालिकाका कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका युवतीलाई एचपीभी लगाइने छ ।

माघ २२ देखि २८ गतेसम्म पहिलो चरणमा छ पालिका र दोस्रो चरणमा फागुन ३ सम्म लगाइनेछ । पहिलो चरणमा ६ पालिका र दोस्रो चरणमा चार पालिकामा खोप अभियान चलाइने छ ।

खोप लगाउन तीन सय १५ स्वास्थ्यकर्मी, ६ सय २६ जना स्वयंसेविका परिचालन गरिएको छ भने तीन सय १२ खोप केन्द्र निर्धारण गरिएको छ ।

स्त्रीरोग विशेषज्ञ विजय ओझाका अनुसार एक दिनमा नेपालमा चार जना महिलाको पाठेघरको क्यान्सरबाट मृत्यु हुने गरेकाले किशोरीलाई खोप लगाउँदा भविष्यमा हुने क्यान्सरबाट बच्न सक्ने बताए ।

ओझाले शारीरिक सम्पर्कमा आउनुभन्दा पहिला खोप लगाउँदा प्रभावकारी हुने भएकाले १० देखि १४ वर्ष उमेर समूहका किशोरी छनोट गरिएको बताए ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ११ : ०० बजे

चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

एजेन्सी – चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको बाझोङ सहरमा भएको सवारी

‘नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ’

ढोरपाटन– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले नागरिक

सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक पेस

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा विषयगत समितिमा दफावार छलफल भई

विदेश पठाइ दिन्छु भन्दै ठगी गरेको आरोपमा ३ पक्राउ

 काठमाडौं– वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको

विश्वकप महिला क्रिकेट : नेपाल अस्ट्रेलियासँग पराजित

काठमाडौं– आईसीसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अस्ट्रेलियासँग पराजित