४ विकेटको क्षतिमा अष्ट्रेलियाले जोड्यो ८६ रन | Khabarhub Khabarhub

४ विकेटको क्षतिमा अष्ट्रेलियाले जोड्यो ८६ रन


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले सुरुवातमा राम्रो गरे पनि अष्ट्रेलिया आक्रामक देखिएका छन्।

टस हारेर फिल्डिङ रोजेको नेपालले ४ ओभरमा ३ विकेट लिन सफल भए पनि अहिले अष्ट्रेलियाले थप १ विकेट गुमाएर १३ ओभरमा ८६ रन जोड्न सफल भएको छ।

कप्तान पूजा महतोले तीनै विकेट लिँदा अष्ट्रेलियाले भने जम्मा २० रन जोडेको थियो। त्यसपछि एक रिया शर्माले विकेट मात्र झार्न नेपाल सफल भएकी छिन्। 

नेपालले  आईसीसी महिला यु-१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध पहिला फिल्डिङ गरेको हो।

मलेसियाको वाइएसडी युकेएम ओभलमा अस्ट्रेलियाकी कप्तान लुसी ह्यामिल्टनले टस जितेर ब्याटिङको निर्णय लिएकी थिइन् ।

नेपाल पहिलो जितको लक्ष्यमा मैदानमा रहेको छ । अघिल्ला खेलमा नेपालले बंगलादेशसँग पाँच र स्कटल्यान्डसँग एक विकेटको हार बेहोरेको थियो ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १ : २२ बजे

सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी

इटहरी– यहाँको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बेपत्ता दुईजनाको खोजी

नेप्से प्रमुखको अग्निपरीक्षा, पूरा होलात लगानीकर्ताको सपना ?

काठमाडौं– धेरै समयको रस्साकस्सीपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी

भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको

सामाजिक रुपान्तरणका लागि कम्युनिष्ट पार्टीको स्थापना : माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा गरिबी, पछौटेपन,

बाढीपहिरो पीडितलाई स्थायी आवास निर्माण गर्न अनुदान वितरण

काभ्रेपलाञ्चोक– गत असोजको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट पीडित भएका जिल्लाका