४ विकेटको क्षतिमा अष्ट्रेलियाले जोड्यो ८६ रन « Khabarhub

४ विकेटको क्षतिमा अष्ट्रेलियाले जोड्यो ८६ रन


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले सुरुवातमा राम्रो गरे पनि अष्ट्रेलिया आक्रामक देखिएका छन्।

टस हारेर फिल्डिङ रोजेको नेपालले ४ ओभरमा ३ विकेट लिन सफल भए पनि अहिले अष्ट्रेलियाले थप १ विकेट गुमाएर १३ ओभरमा ८६ रन जोड्न सफल भएको छ।

कप्तान पूजा महतोले तीनै विकेट लिँदा अष्ट्रेलियाले भने जम्मा २० रन जोडेको थियो। त्यसपछि एक रिया शर्माले विकेट मात्र झार्न नेपाल सफल भएकी छिन्। 

नेपालले  आईसीसी महिला यु-१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध पहिला फिल्डिङ गरेको हो।

मलेसियाको वाइएसडी युकेएम ओभलमा अस्ट्रेलियाकी कप्तान लुसी ह्यामिल्टनले टस जितेर ब्याटिङको निर्णय लिएकी थिइन् ।

नेपाल पहिलो जितको लक्ष्यमा मैदानमा रहेको छ । अघिल्ला खेलमा नेपालले बंगलादेशसँग पाँच र स्कटल्यान्डसँग एक विकेटको हार बेहोरेको थियो ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १ : २२ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।