वर्तमान सरकार परिवर्तन हुने कुरा निराधार : शेखर कोइराला | Khabarhub Khabarhub

वर्तमान सरकार परिवर्तन हुने कुरा निराधार : शेखर कोइराला


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन हुने कुरा निराधार भएको बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस र एमालेको सात बुँदे सहमतिको जगमा सरकार बनेको भन्दै सरकार परिवर्तन हुने कुरा निराधार भएको बताएका हुन् । 

उनले मुलुकको आर्थिक विकास र राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि वर्तमान सरकार गठन भएको प्रस्ट पारे  । उनले दुई दलबीच भएको सहमति कार्यान्वयन गर्न सुझाव पनि दिए । 

संविधान संसोधनमा सबैको सहभागिता र अपनत्व कायम गराउन नेपाली कांग्रेस र एमाले बीचको सहमतिका साथै माओवादी केन्द्र, मधेसवादी दल लगायत अन्य दलहरूको पनि सहमति आवश्यक रहेको उनले बताए ।

उनले काठमाडौं जिल्ला अदालत अगाडि कानुन व्यवसायीमाथि भएको घटना अराजक तर्क गरे ।

नेता कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशन तोकिएको समय अर्थात २०८२ मंसिरमा नै गर्न आग्रह गर्दे आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुने जानकारी दिए । 

कोइरालाले सरकारले ल्याएको अध्यादेशहरूको विषयवस्तु राम्रो भएपनि अध्यादेश ल्याउनु गलत भएको धारणा राखे ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ३ : ०३ बजे

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको

जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

काठमाडौँ – न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका

विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

एजेन्सी – विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले