सुदूरपश्चिममा विद्यार्थी र शैक्षिक संस्था घट्दै « Khabarhub

सुदूरपश्चिममा विद्यार्थी र शैक्षिक संस्था घट्दै


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम प्रदेशका विद्यालय देखि क्याम्पस तहसम्म अध्ययन गर्ने विद्यार्थी र शैक्षिक संस्थाको सङ्ख्या घट्दै गएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययनले पछिल्लो ३ वर्षमा सुदूरपश्चिम प्रदेशमा विद्यालयदेखि क्याम्पस तहसम्म अध्ययन गर्ने विद्यार्थी र शैक्षिक संस्थाहरूको सङ्ख्या घट्दै गएको देखाएको हो ।

राष्ट्र बैंकको अध्ययनअनुसार पछिल्लो १ वर्षमा मात्रै सुदूरपश्चिम प्रदेशमा विद्यालयदेखि क्याम्पससम्मको तहमा अध्ययन गर्ने ८५ हजार १५ जना विद्यार्थी घटेका हुन् । त्यस्तै, पछिल्लो १ वर्षको समयमा सो प्रदेशमा ४१ वटा विद्यालयदेखि क्याम्पससम्मका शैक्षिक संस्था घटेको अध्ययनले देखाएको छ ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०-८१ को असार मसान्तसम्ममा सुदूरपश्चिम प्रदेशमा सरकारी, निजी एवं सामुदायिक विद्यालय, प्राविधिक शिक्षालय, त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका आङ्गिक क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालय तथा सो अन्तर्गतका आङ्गिक क्याम्पस गरी कुल ४,४१७ वटा शैक्षिक संस्थाहरू सञ्चालनमा रहेका छन् । 

आर्थिक वर्ष २०८०-८१ मा सबै किसिमका अध्ययन संस्थाहरुमा गरी कुल ८ लाख ८४ हजार ५ सय १ विद्यार्थीहरू अध्ययनरत रहेका छन् भने उक्त संस्थाहरूमा कुल २१ हजार ८ सय ५५ जना शिक्षक-प्राध्यापकहरुले अध्यापन गराउँदै आएका छन् ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ५ : ४१ बजे

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ– सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी भएको

आमाले मकै पोलेर घर चलाएपछि कमेडीमा जमेका कर्मा

काठमाडौँ- सबैको विगत हुन्छ, कसैको राम्रो त कसैको नराम्रो ।

नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी

नवलपरासी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा

सम्झौता विपरीतका इँटा प्रयोग गरेपछि पर्खाल भत्काइयो

खोटाङ– निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता विपरीत

विश्वकप लिग-२ : आज ओमानसँग कीर्तिपुर मैदानमा भिड्दै नेपाल, पुरानो बदला लिने अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको