देउवा भन्छन्- ऋण जहाँबाट पनि लिए हुन्छ, देश ‘डेब्ट ट्रयाप’मा पर्नु भएन « Khabarhub

देउवा भन्छन्- ऋण जहाँबाट पनि लिए हुन्छ, देश ‘डेब्ट ट्रयाप’मा पर्नु भएन


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई फाइदा हुने क्षेत्रमा वैदेशिक सहयोग लिन सकिने बताएका छन् ।

कांग्रेसको आर्थिक नीति तथा योजना विभागले बुधबार सानेपामा गरेको ‘नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति’ विषयक कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन्।

उनले वैदेशिक सहयोगका बिषयमा बेला–बेला विरोध हुने गरेको भन्दै मुलुकको हितमा लिन सकिने बताएका हुन् ।

उनले विभिन्न निकायले नेपाललाई अनुदान दिने गरेको बताउँदै केही ऋणसमेत अनुदानमा परिणत हुने धारण राखे ।

अमेरकी सहायता परियोजना (एमसीसी) पास गर्ने बेलामा ठूलो विरोध भए पनि अहिले राम्रो रहेछ भन्ने सबैले बुझ्दै गएको उनले बताए ।

सभापति देउवाले नेपाल दुई ठूला मुलुक भारत र चीन बीचमा रहेकाले त्यहाँको नीतिको असर पर्नु स्वभाविक रहेको बताए । उनले त्यसबाट फाइदा र बेफाइदा दुवै हुने गरेको धारणा राखे ।

‘नेपालमा एमसीसी पास गराउन मुश्किल पर्‍यो । तर अहिले नेपाललाई एमसीसीबाट फाइदा नै भयो । यो ग्रान्ट हो ऋणमा होइन भन्ने कुरा सबैले बुझे‘, उनले भने, ‘यसले हामीलाई फाइदा गरेको छ। ऋण कति लिने ? के लिने भन्ने कुरा हाम्रो हो ।अहिलेसम्म विश्व बैंक र एसियाली विकास बैंकबाट लिएका छौँ । जापानले ऋण दिएर पछि अनुदानमा परिणत गरिदिन्छ, कोरियाबाट पनि ऋण लिएका छौँ ।’

उनले ऋण लिए पनि कसैको डेब्ट–ट्रयापमा पर्न नहुनेतर्फ सचेत गराए । ‘कसैसँग ऋण लिँदा ऋणको पासोमा नपरोस् भन्नु राम्रै कुरा हो’, उनले भने, ‘हाम्रो स्वार्थ हेरेर ऋण लिऊँ । वश, हामी डेब्ट–ट्रयापमा पर्नु भएन ।’

त्यस्तै कांग्रेसका अन्य नेताहरूले परिणाम दिने आयोजनाहरूमा मात्रै नेपालले वैदेशिक सहयोग स्वीकार गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ६ : ४० बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद