देउवा भन्छन्- ऋण जहाँबाट पनि लिए हुन्छ, देश ‘डेब्ट ट्रयाप’मा पर्नु भएन « Khabarhub

देउवा भन्छन्- ऋण जहाँबाट पनि लिए हुन्छ, देश ‘डेब्ट ट्रयाप’मा पर्नु भएन


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई फाइदा हुने क्षेत्रमा वैदेशिक सहयोग लिन सकिने बताएका छन् ।

कांग्रेसको आर्थिक नीति तथा योजना विभागले बुधबार सानेपामा गरेको ‘नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति’ विषयक कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन्।

उनले वैदेशिक सहयोगका बिषयमा बेला–बेला विरोध हुने गरेको भन्दै मुलुकको हितमा लिन सकिने बताएका हुन् ।

उनले विभिन्न निकायले नेपाललाई अनुदान दिने गरेको बताउँदै केही ऋणसमेत अनुदानमा परिणत हुने धारण राखे ।

अमेरकी सहायता परियोजना (एमसीसी) पास गर्ने बेलामा ठूलो विरोध भए पनि अहिले राम्रो रहेछ भन्ने सबैले बुझ्दै गएको उनले बताए ।

सभापति देउवाले नेपाल दुई ठूला मुलुक भारत र चीन बीचमा रहेकाले त्यहाँको नीतिको असर पर्नु स्वभाविक रहेको बताए । उनले त्यसबाट फाइदा र बेफाइदा दुवै हुने गरेको धारणा राखे ।

‘नेपालमा एमसीसी पास गराउन मुश्किल पर्‍यो । तर अहिले नेपाललाई एमसीसीबाट फाइदा नै भयो । यो ग्रान्ट हो ऋणमा होइन भन्ने कुरा सबैले बुझे‘, उनले भने, ‘यसले हामीलाई फाइदा गरेको छ। ऋण कति लिने ? के लिने भन्ने कुरा हाम्रो हो ।अहिलेसम्म विश्व बैंक र एसियाली विकास बैंकबाट लिएका छौँ । जापानले ऋण दिएर पछि अनुदानमा परिणत गरिदिन्छ, कोरियाबाट पनि ऋण लिएका छौँ ।’

उनले ऋण लिए पनि कसैको डेब्ट–ट्रयापमा पर्न नहुनेतर्फ सचेत गराए । ‘कसैसँग ऋण लिँदा ऋणको पासोमा नपरोस् भन्नु राम्रै कुरा हो’, उनले भने, ‘हाम्रो स्वार्थ हेरेर ऋण लिऊँ । वश, हामी डेब्ट–ट्रयापमा पर्नु भएन ।’

त्यस्तै कांग्रेसका अन्य नेताहरूले परिणाम दिने आयोजनाहरूमा मात्रै नेपालले वैदेशिक सहयोग स्वीकार गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ६ : ४० बजे

मुक्त घोषित कृषि बँधुवा मजदुरलगायतका पुनःस्थापना निष्कर्षमा पुर्‍याउन आग्रह

काठमाडौं– विगतमा कृषि बँधुवा मजदुरका रूपमा रहेका मुक्तकमैया, हलिया, कम्लरी

कानुन व्यवसायीले दिउँसै लाल्टिन बालेपछि…

काठमाडौं– काठमाडौं- सर्वोच्च अदालत प्रशासनले न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको

कङ्गोमा इबोलाका कारण मृतकको सङ्ख्या १३१ पुग्यो

काठमाडौं- प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको प्रकोपका कारण कम्तीमा १३१

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

 कामाडौं– प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेको उपस्थितिको माग

रूसमा आणविक अभ्यास सुरु

मस्को- युक्रेन युद्ध तीव्र भइरहेका बेला रूसले देशभरका हजारौँ सैनिक