दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई | Khabarhub Khabarhub

दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भोजपुर – पौवादुङमा गोल्ड कप दोस्रो संस्करणको उपाधि राजगढ फुटबल क्लब झापाले जितेको छ । आज भएको फाइनल खेलमा तिवारीभञ्याङ फुटबल क्बललाई ४–३ गोल अन्तरले पराजित गर्दै राजगढले उपाधि जितेको हो ।

जितसँगै राजगढ फुटबल क्लबले नगद रु तीन लाखसँगै ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता तिवारी भञ्याङ फुटबल क्लबले नगद रु दुई लाख ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यही माघ १ गतेबाट सुरु भएको प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका थिए ।

राजगढका श्याम मूर्मु फाइनल खेलको म्यान अफ द म्याच चुनिए । सर्वोकृष्ट खेलाडी तिवारी भञ्याङका उमेश कार्की, उत्कृष्ट गोलरक्षक राजगढका योगेश धिमाल, उत्कृष्ट डिफेन्डर राजगढका धीरेन क्षेत्री, सर्वाधिक गोलकर्ता राजगढका अमित बेसाहारा, उत्कृष्ट मिड फिल्डर राजगढका हेमन्त लिम्बू र वेस्ट राईजिङ खेलाडी आशाहाङ राई घोषित भएको आयोजक समितिका अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिए ।

विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गर्दै खेल क्षेत्रको विकाससँगै युवा, बालबालिकाको शाररीक तथा मानसिक विकासका लागि गाउँपालिकाले गोल्ड कप आयोजना गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । समापन कार्यक्रमको प्रमुखअथितिका रुपमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई रहेका थिए ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १० : ०४ बजे

कर्णालीमा जग्गा बाँझो राख्नेलाई जरिवाना

सुर्खेत– कर्णाली प्रदेशमा खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना लाग्ने भएको

मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य

भोजपुर श्यामशिलाका अधिकांश किसान किवीखेतीमा

भोजपुर– पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका किसान व्यावसायिक किवीखेतीमा लागेका छन् ।

मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको साधारणसभा भदौ २० गते 

काठमाडौं– मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ