आज २०८१ साल माघ १० गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल माघ १० गते बिहीबारको राशिफल


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल माघ १० गते बिहीबार माघ कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ जनवरी २३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। मनमा खुशी मिल्नेछ। लक्ष्यमा पुग्न साना कुरामा नअल्झिनु उचित हुन्छ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। साथीले साथ दिएमा राजनीतिमा सेवाको अवसर मिल्नेछ।

वृष : थोरै बोलेर अगाडि बढ्नुपर्नेछ। उपचारकोक्रममा भए स्वास्थ्य लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। विपक्षी साथीले निगरानी गरिरहेकाले काम गर्दा सचेत बन्नु राम्रो हुनेछ।

मिथुन : खानपानमा ख्याल नगर्दा रोग बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारले दुःखी बनाउने जोखिम रहेको छ। धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ।

कर्कट : साना कुराले मन अशान्त बन्नसक्छ। स्वास्थ्यले साथ दिनेछ। आफ्ना भनेका साथीले आक्रमण गर्ने जोखिम छ। शनिश्चर अनुकुल भएमा दिन सहज बन्नेछ। परिवारसँग सल्लाह लिन थाल्दा महत्तवपूर्ण काम छुट्ने जोखिम छ।

सिंह : बोल्नु अगाडि सोच्नु उचित हुनेछ। सम्पत्तिका पछाडि लाग्दा इज्जतको जोखिम हुनसक्छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राज्यले निगरानी गरिरहेकाले सचेत बन्नु राम्रो हुन्छ।

कन्या : दिन राम्रो छ। कृषि सम्बन्धी व्यापारबाट फाइदा हुनेछ। पशुपालनमा नाफा होला। सामाजिक क्षेत्रमा साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : दिन सहज छ। कला र गलाको प्रदर्शन गर्नुपर्नेछ। बौद्धिक व्यक्तिसँगको परामर्शले मन हलुका हुनेछ। सामाजिक क्षेत्रमा तर्क नगर्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

वृश्चिक : दिन सामान्य छ। तर्क नगर्नु उचित हुनेछ। थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ। प्राविधिक शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। योजना बनाउँदा विवेक प्रयोग गर्नुपर्ने समय आएको छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मकर : व्यवहारमा झन्झट आइपर्न सक्छ। इज्जतका लागि धन खर्च हुनेछ। दाजुभाइसँग सहकार्य गरेर अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। दाम्पत्य जीवन सफल बन्नेछ।

कुम्भ : स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम छ। विपक्षी साथीसँग तर्क नगर्नु राम्रो हुन्छ। बिहान उठेर पिपलको दर्शन मात्र गरेमा दिन शान्त बन्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।

मीन : मनमा साना कुराले झन्झट आउनसक्छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारको सहमतिमा धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ५ : ०१ बजे

विश्लेषणको आधारमा मुलुकलाई अघि बढाउन आवश्यक : सभामुख

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिकर्मीहरूले देशको अहिलेको अवस्थाको सही

पाकिस्तानका सैन्य अड्डामै हवाई हमला गरेको भारतको दाबी

एजेन्सी – भारतले जारी लडाईंमा पाकिस्तानका सैन्य अड्डामै हवाई हमला

सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर : अर्थमन्त्री

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहज रुपमा व्यवसाय गर्ने

पाकिस्तानले हाइस्पीड मिसाइल दाग्यो : भारत

एजेन्सी – पाकिस्तानले पञ्जाबस्थित सैन्य अड्डामा तीव्र गतिको (हाइस्पीड) मिसाइल

शुक्लाफाँटामा १० शय्याको नगर अस्पताल अन्तिम चरणमा

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल निर्माण