विपक्षीको पोस्टमा रियल म्याड्रिडले गर्‍यो पाँच गोल « Khabarhub

विपक्षीको पोस्टमा रियल म्याड्रिडले गर्‍यो पाँच गोल


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिगको बुधबार राति भएको खेलमा रेडबुल साल्जबर्गलाई ५-१ ले हराएको छ।

प्रतियोगिताको सुरुवातका ६ खेलमा तीन हार तथा तीन जितको सामना गरेको रियलले सातौँ खेलमा उत्कृष्ट लय देखाएको हो।

गएराति भएको खेलमा रियलका लागि पहिलो हाफमा नै रोड्रिगोले २ तथा केलिएन एम्बाप्पेले १ गोल गरेका थिए। दोस्रो हाफमा भिन्सियस जुनियरले थप दुई गोल गरे।

यो जितसँगै रियलले कमसेकम प्ले अफ स्थान पक्का गरेको छ। रियल १२ अङ्कसहित १६ औँ स्थानमा छ। ८ औँ स्थानमा रहेको वायर लिभरकुसेनको १३ अङ्क छ। आठौँदेखि १८ औ स्थानमा रहेका टोलीको बिचको अन्तर एक अङ्क मात्र छ। रियलले अर्को साता ब्रेस्टसँग प्रतिस्पर्धा गर्दैछ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ६ : १८ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु