विपक्षीको पोस्टमा रियल म्याड्रिडले गर्‍यो पाँच गोल « Khabarhub

विपक्षीको पोस्टमा रियल म्याड्रिडले गर्‍यो पाँच गोल


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिगको बुधबार राति भएको खेलमा रेडबुल साल्जबर्गलाई ५-१ ले हराएको छ।

प्रतियोगिताको सुरुवातका ६ खेलमा तीन हार तथा तीन जितको सामना गरेको रियलले सातौँ खेलमा उत्कृष्ट लय देखाएको हो।

गएराति भएको खेलमा रियलका लागि पहिलो हाफमा नै रोड्रिगोले २ तथा केलिएन एम्बाप्पेले १ गोल गरेका थिए। दोस्रो हाफमा भिन्सियस जुनियरले थप दुई गोल गरे।

यो जितसँगै रियलले कमसेकम प्ले अफ स्थान पक्का गरेको छ। रियल १२ अङ्कसहित १६ औँ स्थानमा छ। ८ औँ स्थानमा रहेको वायर लिभरकुसेनको १३ अङ्क छ। आठौँदेखि १८ औ स्थानमा रहेका टोलीको बिचको अन्तर एक अङ्क मात्र छ। रियलले अर्को साता ब्रेस्टसँग प्रतिस्पर्धा गर्दैछ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ६ : १८ बजे

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त

सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

काठमाडौँ– सरकारले अबदेखि राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक (अर्धमासिक) रुपमा तलबभत्ता उपलब्ध

भुइँमान्छेमाथि निर्मम बन्दै सरकार : गरिबको चमेली बोल्दिने कोही छैन !

काठमाडौं- सरकार सुकुम्बासी, सडक अतिक्रमण हटाउने र व्यवस्थित गराउने अभियानमा

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् ९ एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज