च्याम्पियन्स लिग : पिएसजीसँग पराजित सिटीका लागि कठिन बन्दै दोस्रो चरण यात्रा « Khabarhub

च्याम्पियन्स लिग : पिएसजीसँग पराजित सिटीका लागि कठिन बन्दै दोस्रो चरण यात्रा


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको दोस्रो चरण यात्रा कठिन बन्दै गएको छ। गएराति भएको खेलमा दुई गोलको अग्रतालाई जोगाउन नसकेपछि इङ्लिस क्लब म्यानचेस्टर सिटीको युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरणमा प्रवेशको सम्भावना कठिन बनेको हो।

बुधबार राति पिएसजीसँगको खेलमा ४-२ ले पराजित भएको हो। ८ अङ्कसहित २५ औँ स्थानमा रहेको सिटीले प्ले अफमा छनोट हुनका लागि अर्को साता ब्रुगसँग हुने खेलमा अनिवार्य जित निकाल्नुपर्छ।

ज्याक ग्रेलिस र एर्लिङ हलान्डले गोल गर्दै सिटीलाई दोस्रो हाफको आठौँ मिनेटमा दुई गोलको अग्रता दिलाएका थिए। वैकल्पिक खेलाडी ओसमाने डेम्बेले र ब्राडली बार्कोलाले पिएसजीका लागि तुरुन्त गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो।

भिन्टिन्हाको फ्रिकिकमा जाओ नेभिसले हेड मार्फत गोल गरेपछि खेलको ७८ औँ मिनेटमा म्यानचेस्टरले अग्रता लिएको थियो। गोन्कालो रामोसले इन्जुरी समयमा पिसजीका लागि अन्तिम गोल गरे।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ६ : ३२ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती