बझाङमा १२ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदै | Khabarhub Khabarhub

बझाङमा १२ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदै


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बझाङ– बागलुङका १२ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइने भएको छ ।

यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विद्यालयमै पुगेर कक्षा ६ देखि १० सम्मका किशोरीलाई खोप लगाइने जिल्ला स्वास्थ्य उक्त कार्यालयका प्रमुख लालबहादुर धामीले बताए । उनले १२ वटै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरी खोप अभियान चलाउने बताए । विद्यालय जाने गाउँका किशोरीलाई उमेरका आधारमा खोप लगाइने उनको भनाइ छ ।

साइपाल गाउँपालिकामा विद्यालय जाने किशोरी एक सय ७४ जना र नजाने २० जना गरी एक सय ९४ जना, बुङ्गल नगरपालिकामा दुई हजार ५८, जयपृथ्वी नगरपालिकामा एक हजार तीन सय छ, सुर्मा गाउँपालिकामा पाँच सय ७७, तलकोटमा आठ सय २५, मष्टामा नौ सय ११, छविसपाथिभेरामा सात सय ५९, दुर्गाथलीमा सात सय ६१, केदारस्यूँमा एक हजार छ सय ६९, वित्थडचिरमा एक हजार दुई सय ५२, थलारामा आठ सय ५३ र खप्तडछान्ना गाउँपालिकामा आठ सय ७१ किशोरीलाई खोप लगाउने उनको भनाइ छ ।

जिल्लाभरि विद्यालय जाने ११ हजार आठ सय ३५ र विद्यालय नजाने दुई सय ९१ गरी १२ हजार एक सय २६ किशोरीलाई खोप लगाइने बताए । खोप लगाउनका लागि जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाभर दुई सय ९१ स्वास्थ्यकर्मी र चार सय ३४ जना स्वयंम्सेवक गरी छ सय ५१ स्वास्थ्यकर्मी परिचालन गरिने जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  १० : २७ बजे

आज २०८२ साल वैशाख २७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख २७ गते शनिबार। वैशाख

जस्टिस समिट २०२५ : जातीय विभेद अन्त्यका लागि कानुन कार्यान्वयनमा जोड

काठमाडौं – जातीय छुवाछुत र विभेद अन्त्यका लागि प्रभावकारी कानुनी

पौडी खेल्ने क्रममा वेपत्ता व्यक्तिको शव गोताखोरले निकाल्यो

गोरखा – गोरखा नगरपालिका–१० छेबेटारस्थित दरौदी नदिमा पौडि खेल्ने क्रममा

फिरोजपुरमा पाकिस्तानी ड्रोन आक्रमण, तीन जना घाइते

काठमाडौं – पाकिस्तानले गरेको ड्रोन आक्रमणमा भारतको फिरोजपुरमा तीन जना

भारतीय सेनाले भन्यो : बिहीबार पाकिस्तानले ४०० ड्रोन हान्यो

नयाँ दिल्ली – भारतीय सेनाले बिहीबार राति पाकिस्तानले भारतका विभिन्न