प्रचण्डको दाबी- ओलीका कारण देशको अवस्था सजिलो छैन « Khabarhub

प्रचण्डको दाबी- ओलीका कारण देशको अवस्था सजिलो छैन


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा जाने कुनै रुचि नभएको बताएका छन् ।

सुर्खेत विमानस्थलमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उनले नीतिगत रुपमा सरकारको आयु लामो नभए पनि आफूहरूले बदल्न खोजेको भन्ने बुझाई सही नभएको बताए ।

नेपाली कांग्रेस र नेकपा एमाले मिलेदेखि नै माओवादी केन्द्रले भन्दै आएजस्तो भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा सरकार लिप्त रहेको प्रचण्डले आरोप लगाएका छन् ।

आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको बताउँदै प्रचण्डले देशको राजनीति सहज नदेखिएको दाबी पनि गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीका क्रियाकलापका कारण एमालेभित्र पनि निकै उकुसमुकुस रहेको जिकिर गरे ।

सरकारले गलत तरिकाले अध्यादेश ल्याएर शासन गर्न खोजेको भन्दै अध्यक्ष प्रचण्डले त्यसमा विरोध जनाए । सरकारले संसद् अधिवेशन आह्वान गर्नुको सट्टा अध्यादेशमा बल गरेपछि विपक्षी दलहरूले विशेष अधिवेशन माग गर्ने तयारी गरेपछि बाध्य भएर संसद् आह्वान गरेको प्रचण्डले टिप्पणी गरे ।

यसैबीच अध्यक्ष प्रचण्डले सुर्खेत भेरीगंगाको छिन्चुमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै देशव्यापी पार्टीको पक्षमा जनलहर सिर्जना भएकाले मिहिनेतका साथ लाग्न निर्देशन दिए ।

त्यस्तै उनले बर्दियाको बबई पुल क्षेत्रका जनतासँगको भेटमा मध्यवर्ती क्षेत्रका जनताको समस्या समाधानका लागि संसद्‍मा आवाज उठाउने र आवश्यक कानुन परिमार्जन गरेर जानुपर्ने बताए ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  १२ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै